अर्घाखाँचीका बैंक, वित्तीय संस्थाले किस्ता तिर्न भन्दै आतंक मच्चाए,ऋणी भन्छन् यो वर्ष १ पैसा तिर्न सकिदैन्, ऋणका कारण सबै मानसिक तनावमा- कयौ डिप्रेसनको नजिक (उप्डेट)

पहिलो प्रकासित मिती: साउन २३ गते आईतबार,  २०७७
बिष्णु खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई फोन गरेर किस्ता तिर्न दबाब दिएर हैरान पारेका छन् ।
नोवल कोरोना भाइरस ‘कोभिड १९’ महामारी बीच अर्घाखाँची यतिबेला हल्का खुलेपनि पुन: लकडाउन सरह छ । अर्घाखाँचीमा आंशिक खुकुलो भएपनि शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट, सार्वजनिक यातयात लगायत दर्जनौँ क्षेत्र पूर्ण रुपमा बन्द – अवरुद्ध छ । सामान्य नागरिकलाई पेट कसरी भर्ने भन्ने तनाव छ । मझौला व्यापारीका व्यावसाय छैन । उनीहरु बैंक वित्तिय संस्थाबाट ऋण लिएर व्यावसाय सञ्चालन गरिरहेका थिए । तर, व्यावसाय नै बन्द भएपछि उनीहरुलाई समेत पेट पाल्ने तनाव हुन थालेको छ । यता वित्तिय संस्थाले भने यहि मौकामा यस्ता साना व्यापारी लगायत सबैलाई कर्जा चुक्ता गर्न अल्टिमेटम दिई रहेका छन् । 
‘बैंक पनि साथी पनि’को नारा लिएर चर्चित बनेका बैंकहरुले साना तथा मझौला व्यापारीलाई कर्जा तिर्न भन्दै दैनिक फोन गरेर, पत्र काटेर आतंक मच्चाएको पाइएको छ । सन्धिखर्कमा आफ्नो नाम प्रकासित नगर्न भन्ने एक व्यक्तिले ४० लाख ऋण आफ्नो १ करोड पर्ने घर जमिन बैंकमा धितो राखेर ऋण लिएका थिए । उनले चैत्र महिनासम्म आफूले लिएको कर्जाको व्याज र बैंकले तोको किस्ता बुझाई रहेका थिए । तर त्यो समयपछि उनले बैंकलाई १ पैसा तिर्न सकेका छैनन् । 
चैत्र ११ गतेबाट सरकारले लकडाउन घोषणा गरेपछि भने उनको व्यावसाय बन्द छ । सन्धिखर्कको एक बैंकबाट ऋण लिएका उनलाई उक्त बैंकले फोन गरेर हैरान बनाउनका साथै सम्पत्ति लिलाम गर्ने धम्की दिदै आएको छ । ‘लकडाउन अवधिदेखि अहिलेसम्म व्यापार छैन् । तर, उक्त बैंकले सावाँ व्याज सहित किस्ता अनियमितता भयो भनेर हैरान गरेको छ,’ उनले भने,‘कसरी तिर्ने हो । सरकारले कर तिर्न अल्टिमेटम दिने, बैंकले किस्ता बुझाउन अल्टिमेटम दिने । यसरी हामी त डुब्ने भयौँ ।’
उनी मात्रै होइन अर्घाखाँचीका सानातिना सहकारीदेखि बैंकहरुले फोन गरेर मानसिक तनाव दिईरहेका छन् । उता सन्धिखर्कका  कमल पौडेल भन्छन्; ४५ लाख ऋण लिएको दिनदिनै पैसा पैसा मात्र भन्दै हैरान परेका छन् । पैसा कहाँबाट ल्याएर दिने हो ? स्रोत केही छैन् । घरमा परिवार खर्च चलाऊन समस्या भएको छ । ५०० रुपैयाँ निकाल्न नसक्ने अवस्था छ । कसरी तिर्ने । मर्नु र बाच्च्नु भएको छ । अब यो वर्ष १ पैसा पनि तिर्ने अवस्था छैन् । प्रशासनले यि बैंक सहकारीहरुलाई किन नियम नलगाएको ?  १ पैसा आउने बाटो छैन् । कहाँबाट तिर्ने ? लकडाउन त्यो माथि अहिलेसम्म पुरा ठप्प छ । म डिप्रेसनको नजिक पुगेको छु । ठुलो समस्या पर्‍यो । 
यस्तै सन्धिखर्क, चुत्राबेसीका शत प्रतिशत बैंकको ऋण लिएका व्यावसायीलाई दैनिक विभिन्न बैंकका कर्मचारीले फोन गरेर किस्ता रकम बुझाउन आउन भन्दै हैरानी दिएको बताएका छन् । ‘हाम्रा होटल, किराना व्यावसाय, सवारीसाधन पूर्ण रुपमा बन्द छन् । यस्तो अवस्थामा सबै क्षेत्र नै तहसनहस भएको अवस्थामा छ । ऋण तिर्नका कुरै छाडौ सरकारले हामीलाई राहत नदिए दैनिक गुजारा चलाउन समेत मुस्किल भइसक्यो,’ ‘ऋण त तिर्नुपर्छ हामी तिर्छौं नै । तर, यो अवस्थामा कसरी तिर्ने हो । बैंकले दिनदिनै फोन गरेर हैरान पारेको छ ।’  
त्यस्तै अर्घाखाँची जिल्लाका बैंक, सहकारी, साना कृषि किसान तथा वित्तिय संस्थाका विभिन्न शाखाका कर्मचारीले भने फोनबाट हैरान पार्नुका अलवा  घरघरै पैसा उठाउन हिँडेको भन्दै जिल्लाबासीले गुनासो गरेका छन् । सन्धिखर्कमा व्यावसाय गर्दै आएका व्यावसायी लेखनाथ भुसालका अनुसार २५ लाख लिएको — बैंकले फोन त गरेर हैरान पारेका थिए त्यसको सट्टा बैंकका म्यानेजर नै घरघर चहार्दै हिँडेको बताए । मानसिक तनाव दिने जिल्लाका बैंक, सहकारी, साना कृषि किसान तथा वित्तीय संस्थाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट कुनै कारबाही वा सम्झाउनु पर्‍यो वा यो वर्ष सबै बैंकलाई पर्खन पर्ने नियम लगाउन पर्‍यो उनि भन्छन्।   अर्घाखाँचीका ठुला – ठुला ठेक्कापट्टा मिलोमतोमा गर्ने गराउने  व्यवसायी, ठेक्दार, जनप्रतिनिधी, राजनीतिक दलका नेता प्रतिनिधिले लकडाउन होस् कि जे होस् कमाई गरी रहेका छन् । किनकी यिनिले अर्बौ रुपैया मिलोमतोमा खान्छन्, २५ प्रतिशत काम गरी ७५ प्रतिशत बजेट पचाउन्छन्, यिनिहरुलाई फरक पर्दिन तर हामीले कहाँबाट पैसा लिएर दिने बैंकलाई ? उनी भन्छन् ।  
यस्तै शितगंगा नगरपालिका वार्ड नम्बर ४  का विनोद थापाले भन्छन्; सन्धिखर्कका एक व्यक्तिबाट १४ लाख ऋण लिएको थिए तर उसले अहिले धम्की दिएको छ । बैंकले सम्पत्ति लिलाम गर्थ्यो तर व्यक्ति- व्यक्तिबाट लिएको ऋण के गर्ने । जतिबेला हुन्छ २,४ वर्षमा दिन्छु । व्यापारीका नाममा ठेक्का – पट्टा, लुटेर आर्थिक स्रोत नै नखुल्ने पैसाबाट दिएको उक्त अकुत कमाएको पैसाबाट दिएको ऋणले केही फरक पर्दिन् । मलाई व्यक्तिको अहिले ऋण तिर्न पर्छ भन्ने छैन् । एक १७ लाखको बैंकको ऋणले हैरान गर्‍यो त्यो अब फागुनपछि राम्रो भए दिने हो; उनले भने। 
खासगरी बैंकहरुले साना ऋणीलाई बढी दबाब दिइरहेका छन् । कोरोनाले पनि साना तथा मझौला उद्योगलाई बढी प्रभावित गरेको निष्कर्श निकाल्दै सरकारले साना ऋणीलाई विशेष राहत प्याकेज ल्याउने बताइरहेका बेला बैंकहरुले भने ऋण उठाउन उत्रिएका हुन् ।
राष्ट्र बैंकले ऋणीहरुलाई दिएको सहुलियत ऋण दिन पनि बैंकहरु हिच्किचाएका छन् । ऋणी आफैंले यस्तो व्यवस्था छ नि भन्दा समेत बैंकको कर्जा शाखाका कर्मचारीहरु अन्कनाउँदै स्वीकार गर्छन् । 
उता जिल्लाका अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले भने कसैलाई फोन नगरेको, दवाब नदिएको, पत्र नकाटेको बताउदै आएका छन् । केन्द्रबाट पनि कुनै प्रेसर आएको छैन्, बैंकिङ ईतिहासमा ऋणीले अहिलेको जस्तो भयानक समस्या कहिलै भोगेका थिएन्, सबै ठप्प छ, तिर्ने स्रोत छैन्, हो हामीले भएमा दिन अनुरोध गरेको मात्र हो सबै बैंकको एउटै भनाई छ । 
 अर्घाखाँची जिल्लाका सम्पूर्ण क्षेत्र ६ महिनादेखि ठप्प छन् । शतप्रतिशत व्यवसाय लामो समय बन्द हुँदा ठुलो संकट परेको छ । कयौका भाडाका त कुरै छाडौ खाना खाने, परिवार चलाऊन ठुलो संकट परेको छ । 

अन्य समाचारहरु