एनआईसी बैंक सन्धिखर्कद्वारा भुलवस भएको गल्ती स्वीकार, आगामी दिनमा कमी- कमजोरी नहुने प्रतिबद्धता (उप्डेट)

प्रकासित मिती: भाद्र १ गते सोमबार, २०७७ 
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क,  अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको एनआईसी एसिया बैंक शाखाका म्यानेजरले अर्घाखाँचीडट्कमका प्रतिनिधि माथि आफ्ना कर्मचारीबाट गल्ती भएको  स्विकार गर्दै अब आफ्नो संस्थाबाट कुनै गल्ती कमी- कमजोरी नहुने बताउनु भएको छ । 
हिजो आईतबार अर्घाखाँचीडट्कममा  प्रकाशित “एनआईसी बैंक सन्धिखर्कद्वारा अर्घाखाँचीडट्कम महिला प्रतिनिधिमाथि अपमान” शिर्षकको समाचार कसैलाई ब्यक्तिगत रिस डाहाको कारणले नभई जिम्मेवार संस्थाबाट भएको गलत प्रवृतिलाई मध्यनजर गरि राखिएको थियोे तथापि सो समाचारमा बैक म्यानेजरको नाम गासिन गएको र बैकको कुनै कर्मचारीबाट भुलवस गल्ती हुन पुगेको स्विकार गर्दै संस्थाको तर्फबाट माफी माग्दै आगामी दिनमा यस्ता गल्ती नहुने जानकारी बैंक म्यानेजर कृष्ण पौडेलले दिनुभयो । 
साथै डट्कमले स्थानियबासीको गुनासोलाई लिएर आईतबार प्रकासित समाचारलाई लिएर सन्धिखर्कमा रहेको एनआईसी एसिया बैंक शाखाबाट अर्घाखाँचीडट्कमका महिला प्रतिनिधि माथि अपमान भएको थियो । तर कर्मचारीबाट भुलवस गल्ती भएको भनी म्यानेजर बताए अनुसार हिजो प्रकासित समाचारबाट फोटो हटाइएको छ । यस्तै डट्कमले  पनि  सो संस्थाको म्यानेजरबाट नभैइ अन्य कर्मचारीबाट भुलबस  भएको गल्तीलाई सकारात्मक लिदै कुनै संस्था, व्यक्तिसँग कुनै आग्रह ,पुर्बग्राह ,  प्रतिशोधको भावना नभएको र हुन नहुने बताएको छ ।      
उता बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनतामा रहेको मनन गर्दै आगामी दिनमा जिल्लाबासीलाई अझ छिटो-छरितो, सहज बैंकिङ  सेवा तथा सुविधा प्रदान गर्दै जाने म्यानेजर पौडेलले बताउनु भयो । 
पौडेलले सन्धिखर्कमा आएपछि राम्रो बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको भन्दै सेवाग्राहीहरु उनको राम्रो सराहना गर्दछन । बैंकिङ क्षेत्रमा बौद्दिक , ईमानदार, सरल स्वभाव भएका बैंक म्यानेजर कृष्ण पौडेल दिन रात खटेर काम गरेको देखिन्छ । 

अन्य समाचारहरु