चिदिका: अर्घाखाँचीमा नेकपाका नेता नेत्र प्रसाद पन्थीलाई मातृ शोक

अर्घाखाँचीडट्कम संवाददाता 
चिदिका, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर १ चिदिकामा संविधानसभा सदस्य, साबिक नेकपा ( एमाले) का केन्द्रीय कमिटी सदस्य एवं अर्घाखाँची जिल्ला इन्चार्ज तथा नेकपाका नेता नेत्र प्रसाद पन्थीलाई मातृ शोक परेको छ । 
संविधानसभा सदस्य, साबिक नेकपा ( एमाले) का केन्द्रीय कमिटी सदस्य एवं अर्घाखाँची जिल्ला इन्चार्ज तथा नेकपाका नेता नेत्र प्रसाद पन्थीकी आमाको ९१ वर्षको उमेरमा आज वहाँकै निवास चिदिकामा दु:खद निधन भएको छ। 
दिवंगत आमाको पार्थिव सरिरमा नेकपाका नेता तथा राष्ट्रियसभाका माननिय सदस्य  चन्द्र बहादुर खड्काले पार्टिको झण्डा अर्पण गरि अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नुभयो ।
 यसैगरि नेकपा प्रदेश कमिटी सचिवालय सदस्य तथा  प्रदेश सभा सदस्य  रामजी प्रसाद घिमिरे, प्रदेश कमिटी सदस्य  नरेन्द्र कुमार क्षेत्री, जिल्ला सचिवालय सदस्य तथा सन्धिखर्क नगर इन्चार्ज  राजेन्द्र भुसाल, जिल्ला कमिटी सदस्य तथा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर १ का संयोजक प्रकाश ज्ञवाली, जिल्ला कमिटी सदस्य, केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज नजिर मिया र जिल्ला सह इन्चार्ज शुसिला श्रीपाली  तथा सन्धिखर्क नगर कमिटी अध्यक्ष  श्रीकृष्ण भुसाल र जिल्ला कमिटी सदस्य रामजी पाण्डे लगायतका नेताहरूले पनि श्रद्देय आमाको पार्थिव सरिरमा फुल-माला र अबिर अर्पण गरी अन्तिम श्रद्धाञ्जली ब्यक्त भएको थियो । 
यस्तै अर्घाखाँची जिल्लामा गरिएको बन्दाबन्दी अर्थात् लकडाउनको कारण पार्टीका धेरै नेता कार्यकर्ताहरु अन्त्यष्ठी कार्यक्रम सहभागी हुन नसकेकोमा दुख व्यक्त गर्दै नेकपा जिल्ला अध्यक्ष चेतनारायण आचार्य, पूर्ब नेकपा एमाले जिल्ला उपसचिब तथा नेकपा नेता प्रेमनारायण गैरे लगायतका नेकपाका नेताहरूले शोक सामाजिक संजाल कम्युनिस्ट आन्दोलनका संरक्षक आदरणीय अभिभावकको निधनमा दुख व्यक्त गर्दै श्रद्धाञ्जली तथा समबेदना व्यक्त गरेका छन । 

अन्य समाचारहरु