अर्घाखाँचीमा हरितालिका तीज घर बाहिर गएर समुहमा मनाए कारबाही

श्याम घिमिरे 
भाद्र ४ अर्घाखाँची- जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले नेपाली महिलाको महान पर्व हरितालिका तीज घरमा नै मनाउन आग्रह गरेको छ । 
विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बढिरहेका बेला संक्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि घरैमा तीज मनाउन प्रशासनले आग्रह गरेको हो । 
सार्वजनिक स्थलमा सामूहिक रुपमा मानिस जमघट भेला हुने गरी मनाउने कार्य पूर्णरुपमा निषेध गर्नुपर्ने भएकाले हरितालिका तीज लगायतका चाडपर्व आ–आफ्नो घरैमा बसी मनाउन प्रशासनले आग्रह गरेको छ । 
तीज लगायतका अन्य चाडपर्व सार्वजनिक स्थलमा भीडभाड गरि मनाएको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिनुभयो ।

अन्य समाचारहरु