सुर्य भुसाल / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा बृहत सरसफाई अभियान शुरु भएको छ ।
हामी सफा गर्छौ हाम्रो नगरपालिका भन्ने अभियान अन्तरगत प्रत्यक हप्ताको शुक्रबार संस्थागत रुपमा सरसफाई अभियानलाई निरन्तरता दिने गरि अभियान सुरु गरिएको नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनु भयो ।
नगरपालिका सबै ठाउँहरुमा सरसफाइ अभियानलाई निरन्तरता दिईने छ । सरसफाई अभियानमा उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद सापकोटा उपसचिव युगल नारायण बस्याल लगायतका नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा नगरपालिका परिषर सरसफाई गरिएको नगरउपप्रमुख ठाकुर कुमार बिकले बताउनु भयो ।
नगरपालिकालाई हराभरा बनाउने ग्रिन सिटिको रुपमा बिकास गर्ने भष्टचार मुक्त सुशासन कायम पारदर्शिता बनाउने उदेश्य अनुरुप यहाँका नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक लागि परेको र सोहि कामलाई निरन्तरता दिने कामलाई दुर्त गतिमा आफुले लागु गर्ने प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाले बताउनु भयो ।
कार्यक्रममा नगरपालिका जिबनारायण आचार्य थान बहादुर महत्रा बाल बहादुर घर्ति लेखा अधिकृत मोहन गौतम स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली, प्राबिधिक ईन्जिनियर सव ईन्जिनियरहरु सबै कर्मचारीहरुको सहभागीतामा सरसफाई गरिएको हो । आगामी शुक्रबार शान्ति बगैचा टोल सुधार समितिको अगुवाइमा सरसफाई गरिने प्रशासकिय अधिकृत सापकोटाले जानकारी दिनु भयो ।