अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाका युवा नेता कविराम खनालद्वारा जन्मदिनको खर्च मृगौला पीडितलाई सहयोग

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका युवा नेता कविराम खनालले आफ्नो जन्मदिनको खर्च दुवै मृगौला पीडितलाई सहयोग गरेका छन् । 
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका युवा नेता तथा निर्माण व्यवसायी कविराम खनालले आफ्नो जन्मदिनको खर्च आठ हजार रुपैया भुमिकास्थान-१० धनचौरका दुवै मृगौला पीडित २४ बर्षिय सन्तोष गैरेलाई सहयोग गरेका हुन् ।
      
जन्म दिनमा फजुल खर्च गर्नु भन्दा अभाव र समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्नु राम्रो ठानेर २४ बर्षिय युवा सन्तोषको उपचारको निम्ती आर्थिक सहयोग गरेको नेता खनालको भनाई रहेको छ । गत स्थानिय तहको निर्वाचनमा भुमिकास्थान नगरको मेयरमा झिनो मतले पराजित भएका नेता खनाल सहयोगी भावना र सामाजिक काममा अग्रसर भनेर जिल्लामै चर्चामा आउने व्यक्ति मध्येका एक हुन । आफ्नो जन्मदिनको अवसरमा मृगौला पीडितलाई आर्थिक सहयोग गरेर एक उदाहरणीय काम गरेका छ्न ।
२४ बर्षकै कलिलो उमेरमा दुवै मृगौला फेल भएपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा डाइलोसिस गराउँदै आएका सन्तोषले उपचारमा सहयोग गरि ज्यान बचाइदिन गरेको पुकारको सुनुवाई गर्दै नेता खनालले सन्तोष बचाऔं अभियानका प्रतिनिधि गोपाल प्रसाद भट्टराई मार्फत आठ हजार रुपैयाँ (८०००) आर्थिक सहयोग प्रदान गरेका हुन्न ।
नेताले कविरामले निरन्तर विपन्न परिवारलाई सहयोग गर्दै आएका छन् । यस्तै भुमिकास्थान नगरपालिकाका जनताको मात्र होइेन जिल्लाबासीको मन जित्न सफल नेता कविराम २ वर्षपछि हुने स्थानिय निर्वाचनमा मेयर पदमा उठे उनले जित्ने पक्का पक्कै जस्तो देखिन्छ । 
पीडित सन्तोषको स्वास्थ्य बचाउन सहयोग गर्न चाहनुहुने आम महानुभावले ग्लोबल आइएमइ बैंक सन्धिखर्क,अर्घाखाँचीमा रहेको सन्तोष गैरे बचाउ अभियान नामको खाता नम्बर ४९० ७० १०० १३८ २५ मा जम्मा गर्न सक्नुहुनेछ ।
यस्तै मालारानी गाउँपालिका -३ हाल बुटवल बसदै आएकी रिता खनालले पनि जन्म दिनको अवसर पारेर अस्पताल महाराजगन्ज काठमाडौमा उपचाररत बिष्णुहरि पोखरेलको उपचारमा केहि सहजता होस भनी जन्मदिनको खर्चलाई कटौती गरेर दुई हजार चार सय (२४००) सहयोग गरेकी छन । महिला समाज सेवी रिताले आजै अर्घाखाँची सन्धिखर्क नगरपालिका ११ सबिक अमिले कि ब्रेन ट्युमर मिना कुँवर लाइ पनि जन्म दिन को अवसर पारेर एक हजार (१०००) आर्थिक सहयोग गरेकी हुन ।

अन्य समाचारहरु