शितगंगामा लकडाउनका बेला तीज गीत कार्यक्रम गरेको भन्दै प्रहरीद्वारा १२ थान मादल बरामत

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका वार्ड नम्बर २,३,४,१० का बिभिन्न स्थानमा  लकडाउनका बेला तीज गीत कार्यक्रम गरेको भन्दै प्रहरीले १२ थान मादल बरामत गरेको छ । 
शितगंगा नगरपालिकाका वार्ड नम्बर २,३,४,१० का बिभिन्न स्थानमा लकडाउनका बेला तीज गीत कार्यक्रम गरेको भन्दै ईलाका प्रहरी कार्यालयले १२ थान मादल बरामत गरेको हो ।
जिल्ला प्रशासन कार्यालयकाे अनुराेध नमानी तिजकाे नाचगान गरिरहेका स्थानबाट १२ थान मादल बरामत गरेकाे थियो । 
प्रशासनले भाद्र ३ गतेदेखि भाद्र १० गते साँझ ६ बजेसम्म अर्घाखाँची जिल्लामा लकडाउनको घोषणा गर्ने निर्णय गरेको थियो ।

अन्य समाचारहरु