अर्घाखाँचीमा खरको पिङ लोप हुने अवस्थामा, पाका पुस्ताबाट चिन्ता प्रकट

सागर महत
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो समय पिङ लोप हुने अवस्थामा पुगेको छ । तीज पर्व र दशैँतिहारमा युवाहरु जमघट भएर गाउँ बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको जिल्लाको मालारानी गाउँपालिकाका बसन्त खड्काको भनाई छ ।
युवा भेला भई हरियो खर काटेर आवश्यक अनुसार लम्बाई र ३ देखि ६ सरे सम्म बाटेर बलियो रुखको हागोमा बानेर युवा वर्गले जुटेर पिङ लगाएर कसले धेरै मच्चाउने र खेलिने पिङको प्रतिस्पर्धा गर्ने चलन लोभ हुदै गएको उनको भनाई छ । टोलटोलामा खेलिने पिङ आज भोली त देख्न समेत हराएको जानकारहरु समेत बताउछन ।
पिङ किशोर, युवादेखि वयस्कसम्म सबै बर्गका मानिसको रुचिको विषय हो । अर्के तर्फ पछिल्लो समय अधिकामश युवा विदेश तथा जिल्ला बाहिर रोजगारको लागि जादाँ गाउँघरमा युवा वर्ग कम मात्र हुनाले पछिल्लो समय पिङ लोभ हुदै गएको पाका पुस्ताको भनाई छ ।
केही युवा भएता पनि हिजोआज भने आधुनिक जीवनशैलीसँगै नेपाली यस्ता संस्कृति विस्तारै हराउँदै गएकोमा पाका पुस्ता चिन्ता प्रकट गर्ने गर्दछन ।

अन्य समाचारहरु