धनचौरका मृगौला पिडितलाई इन्जिनियर अर्यालद्धारा आमाको जन्मदिनमा आर्थिक सहयोग

गोपाल प्रसाद भट्टराई
धनचौर, अर्घाखाँची भाद्र–०५ ।  रेसुङ्गा–१०,गुल्मीका विद्यान अर्यालले आफ्नो आमाको जन्मदिनको अवसरमा भुमिकास्थान–१० धनचौरका दुवै मृगौला पिडित सन्तोष गैरेलाई आर्थिक सहयोग गर्नुभएको छ । 
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पा,साइड कार्यालय अर्घाखाँचीमा कार्यरत इन्जिनियर समेत रहनुभएका विद्यानले अर्घाखाँचीको भुमिकास्थान,१० धनचौरका मृगौला पिडित सन्तोष गैरेलाई ५ हजार ५ रुपैयां आर्थिक सहयोग गर्नुभएको हो । २४ बर्षको उमेरमै दुवै मृगौला फेल भइ अस्पतालको शैयाबाट आफुलाई बचाउन सहयोगको याचना गरिरहनुभएका धनचौरका सन्तोष गैरेको पुकार सुनेर उहाँले आर्थिक सहयोग गर्नुभएको हो । 
जन्मदिनमा अनावस्यक खर्च गर्नुभन्दा बिरामी भाइलाई मैले दिएको आर्थिक सहयोग र आमाको आर्शिवादले निको होस्,सन्तोष बचाऔं अभियानका प्रतिनिधि गोपाल प्रसाद भट्टराईलाई रकम हस्तान्तरण गर्दै इन्जिनियर अर्यालले भन्नुभयो । 
‘बर्थ डे’ मनाउँदा, आफन्त, इष्टमित्र र छिमेकी बोलाएर खानपिन गर्ने चलनपनि छ तर त्यस्तोमा गरिने खर्च कटौती गरेर सामाजिक काममा लगाउने गरियो भने सबल समाज बन्ने छ । भुमिकास्थान १० धनचौर डडुवाका २४ वर्षिय गैरेका दुबै मृगौलाले काम गर्न छाडेपछि गौतम बुद्ध सामुदायिक मुटु अस्पत्ताल बुटवलमा उपचाररत हुनुहुन्छ । मृगौला प्रत्यारोपण सम्मको उपचारका लागि करिब १२÷१३ लाख खर्च लाग्ने र उहाँको परिवारमा आर्थिक अवस्था दयानीय भएकोले सन्तोष तथा परिवारले सहयोगका लागी सार्वजनिक अपिल गर्नुभएको हो । 
 सन्तोषको ज्यान बचाउन तपाईंले गरेको सानो सहयोग पनि अमुल्य हुन सक्छ । तपाईंहरुको सानो सहयोगले कलिलो उमेरका भाइ सन्तोषको ज्यान बँच्ने छ , तसर्थ तपाईंहरु पनि सहयोग गर्न चाहनुहुन्छ भने ग्लोबल आई.एम.ई.बैँक सन्धिखर्क,अर्घाखाँचीमा रहेको
सन्तोष गैरे बचाउ अभियान नामको खाता नम्बर ४९० ७० १०० १३८ २५ मा जम्मा गर्न सक्नुहुनेछ, थप जानकारीको लागि ९८५७०६१०८९, ९८५७०६६४४८ , ९८४७३६१७०५ र ९८४२७३१४२४ मा सम्पर्क गर्न सक्नुहुने छ ।

अन्य समाचारहरु