अर्घाखाँचीभरका क्वारेन्टिनबाट आज ४३ जना डिस्चार्ज भए, क्वारेन्टिनमा बस्नेको संख्या १२२ जना मात्र (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा शनिबारसम्म १२२  जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १२२ मा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा ४३ जना डिस्चार्ज भएका छन् ।    
अर्घाखाँचीमा शनिबारसम्म ३२४ जनाले कोरोना जितेर घर फर्केका छन् । भने ४ जना उपचाररत छन् । 
 जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६५,  भूमिकास्थान नगरपालिकामा १०६,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि  हाल सम्म ३२४ जनाले कोरोनालाई जितेका हुन् । 
यस्तै अर्घाखाँचीमा संक्रमितको संख्या ३ सय ३१  पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६७,  भूमिकास्थान नगरपालिकामा १०९,   मालारानीमा ६८, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३३१ जना संक्रमित रहेका छन् ।  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ३ जनाको निधन भएको छ । 
 यस्तै शनिबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ० जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
शनिबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ४ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु