ढाकावाङ्गमा फेरि नेकपा परित्याग गरि दर्जनौं कार्यकर्ताहरु राष्ट्रिय जनमोर्चामा प्रवेश, भुमिकास्थानमा नेकपा कमजोर हुँदै (फोटो सहित)

माधव खनाल 
सन्धिखर्क, अर्घाखाँची ६ भदौ  (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको भुमिकास्थानमा नगरपालिकामा यति बेला युवाहरू राष्ट्रिय जनमोर्चा तर्फ आकर्षित देखिएका छन् ।
कोरोना महामारीका बाबजुत दर्जनौं युवाहरूको पार्टी प्रवेशको लहर नै चलेको छ । शनिवार  अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर १ साविकको ढाकावाङ्ग ३ कुसुम्मारेका का  २३ जना  युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न् ।
यसरी प्रवेश गर्नेहरूमा  पुनाराम खनाल , मोहन खनाल ,पुष्पराज खनाल ,बिष्णु खनाल ,दिपक नेपाली ,गोपाल नेपाली ,खिम ब नेपाली पदम खनाल मधु खनाल केशव खनाल प्रकाश खनाल दिपक नेपाली गोपाल खनाल राजु खनाल नारायण खनाल हिमाल खनाल निसन खनाल बिकास खनाल संगीता खनाल टुका खनाल जागेश्वर खनाल विष्णुप्रसाद खनाल बाबुराम नेपाली र विष्णु खनाल लगायत प्रवेश गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चा र अखिल नेपाल युवक संघ भुमिकास्थान १ को वडा समितिले एक कार्यक्रमको आयोजना गरी युवाहरुलाई पार्टीमा प्रवेश गराएको हो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले ले नवप्रवेशिहरुलाइ पार्टीको सदस्यता प्रदान र अविर लगाई स्वागत गर्नुभएको थियो पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सदस्य सागर के.सी.राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका उपाध्यक्ष तथा जिल्ला सदस्य कविराम खनाल राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य मेघराज खनाल राष्ट्रिय जनमोर्चाका नगर सदस्य तथा वडा न १ अध्यक्ष भोजराज खनाल अखिल नेपाल युवक संघका वडा अध्यक्ष प्रकाश खनाल अखिल नेपाल शिक्षक संघका नगर सचिव रामप्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो ।
यसअघि पनि भुमिकास्थान नगरपालिकाका विभिन्न ठाउँमा नेकपा, कांग्रेस पार्टी परित्याग गरि दर्जनौ नेता- कार्यकर्ता राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका थिए ।