अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा आईतबारसम्म ९३ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ९३ मा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा २५ जना डिस्चार्ज भएका छन् ।
अर्घाखाँचीमा आईतबारसम्म ३२४ जनाले कोरोना जितेर घर फर्केका छन् । भने १७ जना उपचाररत छन् ।
जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६५, भूमिकास्थान नगरपालिकामा १०६, मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि हाल सम्म ३२४ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै अर्घाखाँचीमा आईतबारसम्म संक्रमितको संख्या ३४४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ५० जना, शितगंगा नगरपालिकामा ६८, भूमिकास्थान नगरपालिकामा ११४, मालारानीमा ७०, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हाल सम्म ३३० जना संक्रमित रहेका छन् ।
अर्घाखाँची जिल्लामा एक कार्यालय प्रमुख, एक पत्रकार, दुई स्वास्थ्यकर्मी सहित १२ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।
जसमा सन्धिखर्क नगरपालिकामा ६ जना, भुमिकास्थान नगरपालिकामा ४ जना र मालारानी गाउँपालिकाका २ जनामा गरी १२ जनामा काेराेना संक्रमित देखिएको हो ।
यस्तै प्रादेशिक प्रयोगशाला भैरहवाबाट आईतबार बिहान ११ बजे आएको रिपोर्ट अनुसार जनस्वास्थ कार्यालय अर्घाखाँचीमा कार्यरत २ जना स्वास्थकर्मी, एक कार्यालय प्रमुख, एक पत्रकार सहित १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । आज थपिएका १२ जनासंगै सक्रिय संक्रमित संख्या १६ पुगेको छ ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ३ जनाको निधन भएको छ ।
यस्तै आईतबार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा ० जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
आईतबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १७ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।