अर्घाखाँची अस्पतालमा स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि आकस्मिक, प्रसूति सेवा बाहेक सबै सेवा बन्द (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची    (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालका दुई स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रसूति सेवा बाहेक सबै सेवा बन्द भएको छ । 
जिल्ला अस्पताल अर्घाखाँचीका दुई स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रसूति सेवा बाहेक सबै सेवा बन्द भएको हो ।
अर्घाखाँची जिल्ला अस्पतालले आईतबार एक सुचना जारी गर्दै अस्पताल भित्र रहेको स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि सेवा बन्द गर्न वाध्य भएको बताएको छ । यस्तै सबै स्वास्थ्यकर्मीको पिसिआर स्वाव निकालेर पठाइएको र रिपोर्ट नआएसम्म सबै सेवा बन्द हुने उल्लेख छ । 
अर्घाखाँची जिल्लामा एक कार्यालय प्रमुख, एक पत्रकार, दुई स्वास्थ्यकर्मी सहित १२ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । जसमा सन्धिखर्क नगरपालिकामा ६ जना, भुमिकास्थान नगरपालिकामा ४ जना र मालारानी गाउँपालिकाका २ जनामा गरी १२ जनामा काेराेना संक्रमित देखिएको हो ।  
       
अर्घाखाँचीमा आईतबारसम्म संक्रमितको संख्या ३४४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ५० जना, शितगंगा नगरपालिकामा ६८,  भूमिकास्थान नगरपालिकामा ११४,    मालारानीमा ७०,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हाल सम्म ३३० जना संक्रमित रहेका छन् ।   
अर्घाखाँचीमा आईतबारसम्म ३२४ जनाले कोरोना जितेर घर फर्केका छन् । भने १७ जना उपचाररत छन् ।
जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६५,  भूमिकास्थान नगरपालिकामा १०६,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि  हाल सम्म ३२४ जनाले कोरोनालाई जितेका हुन् । 
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ३ जनाको निधन भएको छ । 
यसैविच अर्घाखाँचीमा आईतबारसम्म ९३  जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ९३ मा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा २५ जना डिस्चार्ज भएका छन् ।   
 यस्तै आईतबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ० जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
आईतबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १७ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु