अर्घाखाँचीमा कोरोना संक्रमण समुदाय स्तरमा फैलियो, जिल्लाभर लकडाउनमा कडाई (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची    (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका २ जना स्वास्थकर्मी, १ जना सञ्चारकर्मी, १ जना कार्यालय प्रमुख गरी १२ जनामा संक्रमण पुष्टी भएसंगै कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको पुष्टी भएको हो । सन्धिखर्क नगरपालिकामा ६ जना, भुमिकास्थान नगरपालिकामा ४ जना र मालारानी गाउँपालिकामा २ जना गरी १२ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले जानकारी दिईन् ।
अर्घाखाँचीमा हाल सक्रिय संक्रमितको संख्या १७ पुगेको छ । आज १३ जना संक्रमित थपिएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या १७ पुगेको हो । जिल्लाका ३ सय ४४ जनामा संक्रमण पुष्टी भएकामा ३ सय २४ जना निको भएर घर फर्किएका छन् । तिन जनाको भने ज्यान गईसकेको छ । यसभन्दा अघि पोजेटिभ देखिएका सबै भारत तथा तेस्रो मुलुकबाट आएका थिए ।
अर्घाखाँचीमा आईतवार बेलुकासम्म ९३ जना क्वारेन्टाईनमा रहेका छन् । भुमिकास्थानमा ५४, सन्धिखर्कमा २२ र शितगंगामा १७ जना क्वारेन्टाईनमा रहेका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।  
अर्घाखाँचीमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिए लगतै जिल्लाभर प्रशासनले लकडाउनमा कडाई गरेको छ ।      
 ३२४ जनाले कोरोना जिते
अर्घाखाँचीमा आईतबारसम्म ३२४ जनाले कोरोना जितेर घर फर्केका छन् । भने १७ जना उपचाररत छन् ।
जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६५,  भूमिकास्थान नगरपालिकामा १०६,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि  हाल सम्म ३२४ जनाले कोरोनालाई जितेका हुन् ।   
यस्तै अर्घाखाँचीमा आईतबारसम्म संक्रमितको संख्या ३४४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ५० जना, शितगंगा नगरपालिकामा ६८,  भूमिकास्थान नगरपालिकामा ११४,    मालारानीमा ७०,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हाल सम्म ३३० जना संक्रमित रहेका छन् ।   
अर्घाखाँची जिल्लामा एक कार्यालय प्रमुख, एक पत्रकार, दुई स्वास्थ्यकर्मी सहित १२ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । 
जसमा सन्धिखर्क नगरपालिकामा ६ जना, भुमिकास्थान नगरपालिकामा ४ जना र मालारानी गाउँपालिकाका २ जनामा गरी १२ जनामा काेराेना संक्रमित देखिएको हो । 
यस्तै प्रादेशिक प्रयोगशाला भैरहवाबाट आईतबार बिहान ११ बजे आएको रिपोर्ट अनुसार जनस्वास्थ कार्यालय अर्घाखाँचीमा कार्यरत २ जना स्वास्थकर्मी, एक कार्यालय प्रमुख, एक पत्रकार सहित १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको  छ । आज थपिएका १२ जनासंगै सक्रिय संक्रमित संख्या १६ पुगेको छ । 
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ३ जनाको निधन भएको छ । 
यसैविच अर्घाखाँचीमा आईतबारसम्म ९३  जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ९३ मा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा २५ जना डिस्चार्ज भएका छन् ।   
 यस्तै आईतबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ० जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
आईतबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १७ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु