कोरोना मुक्त पाणिनी र छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिकामा क्वारेन्टिन सबै खाली

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिका कोरोना मुक्त भएका छन् । यहाँ गत असार महिनादेखि कही संक्रमित छैनन् र क्वारेन्टिन सबै खाली छैन् । 
पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना सबैले कोरोना जितेर घर फर्केका छन् । 
यस्तै मालारानी गाउँपालिका २ जना र सन्धिखर्कमा ६ जना संक्रमित फेरि थपिएका छन् । मालारानी गाउँपालिका क्वारेन्टिन सबै खाली छैन् । भने सन्धिखर्कका क्वारेन्टिन जना छन् ।   
अर्घाखाँचीमा आईतबारसम्म ३२४ जनाले कोरोना जितेर घर फर्केका छन् । भने १७ जना उपचाररत छन् ।
जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६५,  भूमिकास्थान नगरपालिकामा १०६,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि  हाल सम्म ३२४ जनाले कोरोनालाई जितेका हुन् ।   
यस्तै अर्घाखाँचीमा आईतबारसम्म संक्रमितको संख्या ३४४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ५० जना, शितगंगा नगरपालिकामा ६८,  भूमिकास्थान नगरपालिकामा ११४,    मालारानीमा ७०,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३४४ जना संक्रमित रहेका छन् ।   
 
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ३ जनाको निधन भएको छ । 
यसैविच अर्घाखाँचीमा आईतबारसम्म ९३  जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ९३ मा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा २५ जना डिस्चार्ज भएका छन् ।   
 यस्तै आईतबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ० जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
आईतबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १७ जना संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु