माधव खनाल
ढाकावाङ, अर्घाखाँची ८ भदौ (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चाले अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङको आमडाडा घडेरी डाँडामा स्वर्गीय केशर बहादुर थापाको घरपरिवारलाई राहत वितरण तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङको आयोजनामा आमडाडा घडेरी डाँडाका स्वर्गीय केशर बहादुर थापाको घरपरिवारलाई राहत वितरण तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।
जिल्ला समिती सदस्य तथा भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ का राष्ट्रिय जनमोर्चाका अध्यक्ष मेघराज खनालको विशेष उपस्थितमा राहत वितरण गरिएको थियो ।
राहत वितरण गर्दै प्रमुख अतिथि खनालले स्वर्गीय थापाको निधनले गर्दा राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ लाई अतुलनीय क्षति पुगेको बताउनु भयो । साथै खनालले स्वर्गीय थापाले देखाएको बाटोमा लाग्न आफ्ना कार्यकर्तालाई आग्रह समेत गर्नुभएको थियो ।
त्यस्तै राहत वितरण कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा भुमिकास्था नगरपालिका सदस्य तथा वार्ड न १ का वडाअध्यक्ष भोजराज खनालले स्वर्गीय थापाले देखेका सपना साकार पार्न सकेमा मात्रै उहाको आत्मले स्वर्गमा बाँस पाउने बताउनु भयो ।
यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीकी बैकल्पिक सदस्य सुमित्रा थापा, अखिल नेपाल शिक्षक सघका जिल्ला सदस्य हिमलाल खनाल, अखिल नेपाल युवक संघका लक्ष्मण राना, अखिल नेपाल महिला संघकि शुसिला बैजाली जनजाती सम्मेलनका राम बहादुर पुन, जातिय समाता समाजका गोपाल बिक, अन्टुकका रोम बहादुर राउत, किसान संघका पुनाराम खनाल लगायतको उपस्थिति रहेको थियो ।
स्वर्गीय थापाको २०७७ साल श्रावण २१ गते ५४ वर्षको उमेरमा भारतको लुधियानामा असामयिक निधन भएको थियो थापाका दुई छोरा र एक छोरी हुनुहुन्छ ।
कार्यक्रम स्वर्गीय थापाकी श्रीमति निर्मला थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।