ढाकावाङ्गमा राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका पुनः नेकपामै फिर्ता आएको हल्ला छुट, सबै जनमोर्चामा रहेको दावी

अर्घाखाँचीडट्कम संवाददाता 
ढाकावाङ्ग, अर्घाखाँची    (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङ्गमा राष्ट्रिय जनमोर्चामा पार्टी प्रवेश गरी पुनः नेकपामै फिर्ता आएका भनिएका नेकपाका पुर्व कार्यकर्ताले आफुहरु जनमोर्चामा नै रहेको बताएका छन् । 
ढाकावाङ्गमा राष्ट्रिय जनमोर्चामा पार्टी प्रवेश गरी पुनः नेकपामै फिर्ता आएका भनिएका १३ जना मध्ये ५ जना नेकपाका पुर्व कार्यकर्ताले आफुहरु जनमोर्चामा नै रहेको बताएका हुन् । उनिहरुले आफु नभएको मौका छोपी आईतबार नेकपा जिल्ला कमिटीका सदस्य प्रेम नारायण गैरे, भुमिकास्थानका मेयर रेशम थापाको उपस्थितीमा पुन: नेकपामै फिर्ता आएका भनी छुट प्रचार गरेको, कागजमा आफ्नो नाम लेखेको भन्दै घोर आपत्ति व्यक्त गरेका छन् । 
उपस्थिती नै नभएका कैयौको नाम हस्ताक्षर बिना समेत समावेश गरेका भन्दै उनिहरुले अबदेखि नेकपाले ढाकावाङ्गमा झुटको खेती नगर्न समेत चेतावनी दिएका छन् ।  
हिजो आईतबार ढाकावाङ्गमा शनिबार राष्ट्रिय जनमोर्चामा पार्टी प्रवेश गराइएका भनिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २ दर्जन युवाहरु मध्ये १३ जना पुनः नेकपामै फिर्ता आएका भनी  कागज बनाएर सामाजिक सन्जालमा प्रचार गरिएको थियो । 
ढाकावाङ्गको कुसुम्मारेकाका  २३ जना युबाहरु नेकपासँग असन्तुष्ट भएको भन्दै राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका थिए । यसरी प्रवेश गर्नेहरूमा  पुनाराम खनाल, मोहन खनाल, पुष्पराज खनाल, बिष्णु खनाल, दिपक नेपाली, गोपाल नेपाली, खिम बहादुर नेपाली, पदम खनाल, मधु खनाल, केशव खनाल, प्रकाश खनाल, दिपक नेपाली, गोपाल खनाल, राजु खनाल, नारायण खनाल, हिमाल खनाल, निसन खनाल, बिकास खनाल, संगीता खनाल, टुका खनाल, जागेश्वर खनाल, विष्णुप्रसाद खनाल, बाबुराम नेपाली र विष्णु खनाल लगायत थिए ।
स्रोतका अनुसार ति युवाहरुलाई अस्ति शनिबार डट्कममा समाचार प्रकासित भए लगतै नेकपा जिल्ला कमिटी तहबाट फिर्ता ल्याउन लागी परेका थिए । साथै उनिहरुलाई केही सहयोग दिने अवश्वासन सहित फिर्ता भएका बताइएको थियो । तर आफुहरुलाई पार्टीले बेवास्ता गरे पुन: पार्टी छोड्ने चेतावनी पनि उनिहरुले दिएका बताइएको थिए । 
फेरि राष्ट्रिय जनमोर्चामा प्रवेश
यस्तै आज फेरि कुसुम्मारेमा थप पाँच जना युवाहरू विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा अशोक नेपाली, सुन्दर नेपाली, सुरज नेपाली, मोहन नेपाली, भिमबहादुर नेपाली रहेका छन् । उनिहरुलाई राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनालले पार्टीको सदस्यता र भुमिकास्थान नगर सदस्य तथा वडाअध्यक्ष भोजराज खनाल र युवा नेता मेघनाथ खनालले अविर लगाई पार्टी प्रवेश गराउनु भएको थियो । 
उता भुमिकास्थान नगरपालिकाका विभिन्न ठाउँमा नेकपा, कांग्रेस पार्टी परित्याग गरि दर्जनौ नेता- कार्यकर्ता राष्ट्रिय जनमोर्चामा प्रवेश गरिरहेका छन् ।
यस्तै भुमिकास्थान नगरपालिकामा पछिल्लो समय राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका युवा नेता कविराम खनालको प्रभाव परेको छ । यहाँका स्थानियबासी नेकपा, कांग्रेससँग दिक्क भएको बताउदै आएका छन् । भुमिकास्थानका जनताको मात्र होइेन जिल्लाबासीको मन जित्न सफल नेता कविराम २ वर्षपछि हुने स्थानिय निर्वाचनमा मेयर पदमा उठे उनले जित्ने पक्का पक्कै जस्तो देखिन्छ । २०७४ असारमा सम्पन्न स्थानिय निर्वाचनमा कविरामले थोरै मतले मेयर पदमा हारेका थिए । जनमोर्चाका कविरामले ४,५४२ मत लिएका थिए भने कांग्रेस- साबिक माओवादीका संयुक्त उम्मेद्द्वार रेशम थापाले ५,३३० मत लिएर विजयी भएका थिए ।