अमेरिकामा राष्ट्रपतिको उम्मेदवारमा डोनल्ड ट्रम्पलाई अघि सार्ने रिपब्लिकन पार्टीको निर्णय

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उम्मेदवारीलाई रिपब्लिकन पार्टीले औपचारिकता दिने भएको छ ।
रिपब्लिकन पार्टीको चार दिने भेलाले ट्रम्पको उम्मेदवारीलाई औपाचारिकता दिने भएको हो ।
रिपब्लीकन पार्टीको यो सम्मेलन राष्ट्रपति ट्रम्पका लागि विशेष महत्वको रहने छ, किनभने पछिल्लो पटक गरिएका राष्ट्रव्यापी र राज्यस्तरका चुनावी मतसर्वेक्षणले राष्ट्रपतिलाई डेमोक्र्याट पार्टीका उम्मेदवार जोन बाइडेनको तुलनामा कमजोर स्थितिमा देखाएका छन् ।
ट्रम्पले भने आफनो पकड बलियो रहेको भन्दै आफनो जीत सुनिश्चित भएको दाबी दोहोर्याउँदै आउनु भएको छ ।
फक्स न्युजलाइ अन्तवार्ता दिने क्रममा ट्रम्पले अमेरिकी जनताको आफूलाई पुर्ण साथ र सहयोग रहने बिश्वास ब्यक्त गर्नुभएको छ ।
विश्लेषकहरुका अनुसार राष्ट्रपति ट्रम्पका लागि आगामी चुनाव जनमतसंग्रह सरह हुनेछ ।
उहाँले यसअघि अघि सार्नु भएका कैयौं नीतिको कार्यान्वयन नभएको र कोरोनाका सम्बन्धमा ठोस योजना अघि नसार्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको, अर्थतन्त्र शिथिल बनेको तथा मानिसहरु बेरोजगार बनेको स्थिति छ ।
यसबाहेक देशभित्र कानुन व्यवस्थामा सुधार नहुँदा अश्वेत र सीमान्तकृत नागरिकहरुका ठुल्ठूला जुलुस देशव्यापी बनेका छन् ।
अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनको प्रचार प्रसार भने कोभिडका कारण खुम्च्याईएको छ । (एजेन्सी)