ढाकाबाङका थालेसिमिया रोगबाट ग्रसित ३ वर्षिय बालकलाई आर्थिक सहयोग

सुर्य भुसाल 
ढाकाबाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकाबाङका थालेसिमिया रोगबाट ग्रसित एक बालकलाई आर्थिक सहयोग गरिएको छ । 
ढाकाबाङका थालेसिमिया रोगबाट ग्रसित  ३ वर्षिय अनुज खनाललाई अर्घाखाँची अस्ट्रेलिया सेवा समाजका अध्यक्ष नारायण प्रसाद खनालको पहलमा उठेको २५ हजार रकम, मालारानी ९ गोखुङ्गा हाल कतारमा कार्यरत समाजसेवी कुमार खनालले १० हजार, निर्माण ब्यबसायी संघ उपाध्यक्ष समाजसेवी राजनितीककर्मि युवा ब्यबसायी कबिराम खनालले १५ हजार गरि ५० हजार रकम सहयोग गरिएको हो । 
प्राप्त उठेको रकम बच्चाको फुपु बिस्नु माया भुसाललाई हस्तान्तरण गरिएको छ । फुपु  बिस्नु माया भुसालको खाताबाट एकद्वार प्रणाली अन्तरगत औषधि उपचार खर्च चलिरहेकोले सो रकम उहालाई हस्तान्तरण गरिएको हो  ।  
३ बर्षिय बालक थालेसिमिया रोगबाट ग्रसित भई आजिबन औषधि सेवन गर्नु पर्ने र घरको आर्थिक अबस्था कमजोर भएकोले उनलाई औषधि ईन्जेक्सन लगाउनका लागि मासिक १0 हजार खर्च हुने हुँदा आफुहरुले सहयोग गरेको र सबै सहयोगी मनहरुलाई सहयोग गर्न आग्रह गरिएको  छ ।