अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा फुड बैंक स्थापना गरिएको छ ।
बिहीवारदेखि ज्याला मजदुर गरेर खाने पिडित बिपन्न परिबारलाई सहयोग गर्ने उदेश्वले फुड बैंक स्थापना गरिएको हो ।
समाजसेवी तथा सामाजिक अभियान्ता सचिन पाण्डेको नेतृत्व तथा हलिम खान सहितका युवाको सन्चालनमा फुड बैंकको स्थापना गरि सन्चालन गरिएको छ ।
यसमा लाग्ने आर्थिक सहयोग अहिलेसम्म अभियान्ता सचिन पाण्डेले गर्दै आउनु भएको छ भने स्थानीय स्तरबाट पनि यस अभियान सन्चालनका लागि सहयोग जारी रहेको छ।
अभियानलाई निरन्तर सन्चालन गर्नका लागि सहयोगमा जोडिन सबै सहयोगी मनहरुलाई अभियान्ता पाण्डेले अनुरोध गरेका छन्।
जिल्लामा फुड बैंक स्थापना लागि अभियान्ता पाण्डेले जिल्लाका जुझारु युवा हलिम खान लगायतका युवासँगको निरन्तर छलफल र प्रयासपछि यो अभियानले पुर्णता पाएको हो ।
अहिले सहयोगी भावना राखी सहयोगी मनहरु जोडिने क्रम जारी रहेको छ। अभियान यस्तो अभियान हो हुनेले नहुनेलाई दिएर गरिबको मजदुरको चुल्हामा निरन्तर आगो बाल्नु नै हो। त्यसैले हुनेले दिनुहोला नहुनेले लानुहोला हो, सामाजिक अभियान्ता सचिन पाण्डेको भनाई छ ।