विश्वभर कोरोनाविरुद्ध खोप निर्माण गर्ने कार्य जारी, चीनको खोपको मूल्य १४० डलर, डिसेम्बरसम्ममा बजारमा ल्याउने

विश्वभर फैलिएको कोरोना महामारीविरुद्ध खोप निर्माण गर्ने कार्य जारी रहेको छ ।
चीन, रुस र बेलायत जस्ता विभिन्न देशहरुले निर्माण गरेका खोप परीक्षण गर्ने क्रममा रहेका छन् । केही समय अघि एक चिनियाँ कम्पनिका प्रमुखले कोभि-१९ को खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना रहेको बताएका थिए ।
सिनोफार्मले निर्माण गरेको सो खोप डिसेम्बरसम्ममा बजारमा ल्याउने सम्भावना रहेको छ । जसको मूल्य १४० डलर नेपाली झन्डै १५,००० रुपैयाँ तोकिएको छ । चिनियाँ सरकारले खोपमा भइरहेको प्रगतिबारे बेला बेलामा जानकारी दिइरहेको छ ।
पहिलोपटक चीनमा देखिएको कोरोना भाइरस हाल विश्वभर फैलिएको हो । चीनले भने भाइरस फैलिएको कैही सातामै नियन्त्रणमा लिएको थियो । एजेन्सी