प्रकासित मिती: ११ भदौ, २०७७
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेल विदाई भएका छन् ।
प्रमुख जिल्ला अधिकारी भई करिब १ वर्ष कार्यभार सम्हाल्नुभएका पौडेलको कर्मचारी मिलन केन्द्र, सुरक्षा समिती, जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा सामाजिक दुरी कायम राखेर बिहिबार विदाई गरेका हुन ।
विदाई कार्यक्रमा जिल्ला न्याधिश बासुदेव न्यौपाने, प्रहरी नायव उपरिक्षक माधव बुढाथोकी, सहायक प्रमुख जिल्ला अधिकारीद्धय विक्रम थापा, विनोद खनाल, कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिम राना, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख रामबहादुर केसी, सालझण्डी ढोरपाटन सडकका आयोजना प्रमुख जयलाल मरासिनी, कर्मचारी मिलन केन्द्रका पुर्व अध्यक्ष वलराम मिश्र, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मनिराम पराजुली, अनुसन्धान कार्यालयका चिरन्जीवी बुढा लगाएतको उपस्थितीमा विदाई गरीएको हो ।
विदाई हुदैँ प्रजिअ पौडेलले अर्घाखाँची जिल्लामा रहुन्जेल जिल्लाबासी, जनप्रतिनिधी, कार्यालयका प्रमुख तथा कर्मचारी,सुरक्षाकर्म, सञ्चारकर्मी, कोरोना नियन्त्रणमा लाग्नुहुने स्वास्थ्यकर्मी, राजनितिक दल, उद्योगी व्यापारी तथा सबै जिल्लाबासीलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।