अर्घाखाँची अस्पतालका सबै डाक्टर, स्वास्थ्यकर्मीको पिसिआर नेगेटिभ आयो, भोलीबाट सबै सेवा खुल्ने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको जिल्ला अस्पताल अर्घाखाँचीका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयका कर्मचारी लगायतकाे पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । 
  जिल्ला अस्पताल अर्घाखाँचीका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयका कर्मचारी लगायतकाे पिसिआर रिपोर्ट शनिबार नेगेटिभ आएको हो।  योसँगै आकस्मिक र प्रसूति सेवा लगायत सबै सेवा भोलीबाट खुल्ने भएका छन् । 
१११ जनामा अस्पतालका सबै ९७ जनाकाे पिसिआर रिपोर्ट नेगेटिभ आएकाे अस्पताल प्रमुख कपिल गाैतमले बताउनुभयो । 
आइतबार तीन स्वास्थ्यकर्मी र एक कार्यालय प्रमुखलाई संक्रमण देखिएपछि १११ जनाको स्वाब संकलन गरी पिसिआरका लागि पठाइएको थियो । 
अर्घाखाँची जिल्ला अस्पतालका दुई स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रसूति सेवा बाहेक सबै सेवा बन्द भएको थियो । 
अर्घाखाँची जिल्ला अस्पतालले   एक सुचना जारी गर्दै  स्वास्थ्य कार्यालयमा कार्यरत सबै स्वास्थ्यकर्मीको कोरोना नेगेटिभ देखिएपछि सेवा  खुलेको  बताएको छ ।  
अर्घाखाँची जिल्लामा एक कार्यालय प्रमुख, एक पत्रकार, दुई स्वास्थ्यकर्मी सहित १२ जनामा काेराेना पाेजेटिभ देखिएकाे थियो । जसमा सन्धिखर्क नगरपालिकामा ६ जना, भुमिकास्थान नगरपालिकामा ४ जना र मालारानी गाउँपालिकाका २ जनामा गरी १२ जनामा काेराेना संक्रमित देखिएको थियो ।   
स्वास्थ्यकर्मीसँग सम्बन्धित व्यक्ति र कार्यालय प्रमुख रहेको ७ जना कर्मचारीसहित ६३ जना र सोमबार अर्घाखाँची अस्पताल प्रमुख डा. कपिल गौतमसहित ५ जना डाक्टर र अन्य स्वास्थ्यकर्मी गरी २३ जनाको स्वाब संकलन गरी पठाइएको थियो ।
‘अस्पतालको आकस्मिक र प्रसूति सेवा सुचारु गर्न साताअघि पीसीआर रिपोर्ट नेगेटिभ आएका ३ जना डाक्टर र चार जना स्वास्थ्यकर्मी खटिएका थिए । ५ जना डाक्टरको रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बसेका थिए । 

अन्य समाचारहरु