अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा शनिबार २ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना जितेर घर फर्केनेको संख्या ३२६ जना पुगेको छ । भने १८ जना उपचाररत छन् ।
जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६५, भूमिकास्थान नगरपालिकामा १०८, मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि हाल सम्म ३२४ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै भूमिकास्थान नगरपालिकामा शनिबार ३ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै अर्घाखाँचीमा संख्या ३४७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ५० जना, शितगंगा नगरपालिकामा ६८, भूमिकास्थान नगरपालिकामा ११७, मालारानीमा ७०, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३४४ जना संक्रमित रहेका छन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ३ जनाको निधन भएको छ ।
यसैविच अर्घाखाँचीमा शनिबाररसम्म ८२ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ८२ जनामा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा १२ जना डिस्चार्ज भएका छन् ।
यस्तै शनिबारर दिउँसो ३ बजेसम्ममा २४ घण्टामा ० जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
शनिबाररसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १८ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।