प्रकासित मिती: १२ भदाै, २०७७
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची १२ भदाै । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा हिन्दुधर्म रक्षा परिषद् नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएकाे छ ।
राैतहटमा भएकाे पुजारी हत्यामा संलग्नलाई कार्वाहीकाे माग गर्दै हिन्दुधर्म रक्षा परिषद्का केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी विक्रम थापाले पुजारी हत्यामा संलग्नलाई कार्वाहीकाे लागि बुझाएकाे ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।
ज्ञापन पत्र बुझाउन हिन्दुधर्म रक्षा परिषद्का केन्द्रीय सदस्य राजकुमार श्रेष्ठ, हिन्दु जागरण युवा स्वयंसेवक जिल्ला अध्यक्ष नारायण खडका, जिल्ला सदस्य बाबुराम श्रेष्ठ, यज्ञ पराजुली, भेषराज चुदाली, अमृत श्रेष्ठ, पत्रकार घनश्याम पाैडेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।