जुकेनामा सर्पले डस्दा एक जनाको मृत्यु, मृत्युको कारण घरमै झारफुक

अर्घाखाँचीडट्कम संवाददाता
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनाको थारपाइलामा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ। 
जुकेनाको थारपाइलाका ३५ वर्षिय यम बहादुर बेल्बासेको विशालु सर्पको डसाइबाट आईताबार मृत्यु भएको हो ।
शनिबार राती अस्पताल पुर्‍याउन नसकेको र गाउँघरमै झारफुक गरी उपचारका अस्पताल ल्याउन ढिलाईको कारण मृत्यु भएको हो।
बिरामीको अवस्था गम्भीर भएपपछि सर्पदंश उपचार केन्द्र गोरुसिंगेले प्रादेशिक अस्पताल बुटबल रिफर गरेको थियो। थप उपचारका लागि बुटबल लैजादं गर्दा बेल्बासेको बाटोमै मृत्यु भएको हो। 
एक्लो बस्ती भएका कारण विषको असर शरीरमा देखिएपछि मात्र बेल्बासेलाई अस्पताल लैजाने सुर गरिएको थियो।  
पहाडको सर्पले टोकेर खासै बिष नलाग्ने सोंचाई र लकडाउनका कारण सवारी साधनको सरल पहुँच नभएपछी सर्पले टोकेको झन्डै १६ घन्टापछी मात्र उनलाई गोरुसिङ्गे पुर्‍याइएको थियो।

अन्य समाचारहरु