अर्घाखाँचीमा आईताबारसम्म संक्रमितको संख्या ३४७, आईसोलेशनमा १८ जना उपचाररत, ३२६ जनाले कोरोना जितेर घर फर्के (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट आईताबारसम्म ३२६ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना जितेर घर फर्केनेको संख्या ३२६ जना पुगेको छ । भने १८ जना उपचाररत छन् ।
जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६५,  भूमिकास्थान नगरपालिकामा १०८,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि  हाल सम्म ३२४ जनाले कोरोनालाई जितेका हुन् ।  
यस्तै अर्घाखाँचीमा संक्रमितको संख्या ३४७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ५० जना, शितगंगा नगरपालिकामा ६८,  भूमिकास्थान नगरपालिकामा ११७,     मालारानीमा ७०,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३४७ जना संक्रमित रहेका छन् ।    
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ३ जनाको निधन भएको छ । 
यसैविच अर्घाखाँचीमा आईताबारसम्म ७४  जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ७४ जनामा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् ।   
 यस्तै आईताबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा १ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ९८ स्थानमा २ हजार ८४ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
आईताबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा १८ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।  

अन्य समाचारहरु