अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले सिहदरवारको अधिकार गाउँ – गाउँमा भन्ने नारालाई साकार पार्न सबैभन्दा वार्ड कार्यालयहरुमा सफ्टवेयर जडान गरि अनलाइनबाट राजस्व संकलन गर्ने लगायतका सेवा दिन सुरु गरेको छ ।
सन्धिखर्क नगरपालिकाको राजस्व शाखा सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र वार्ड नम्बर २ बाट सेवा ग्राहीलाई सेवा दिनका लागि अब राजस्व तिर्न नगरपालिकामा आउन नपर्ने र वार्ड कार्यालयबाट राजस्व संकलन गर्ने गरि सफ्टवेयर जडान गरिएको नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले जानकारी दिनु भयो ।
सफ्टवेयर सन्चालनको नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सुभारम्भ गर्नु भएको थियोे । सुभारम्भ समारोहमा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद सापकोटा वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे वार्ड नम्बर २ का अध्यक्ष मोतिजङ रायमाझी राजस्व शाखाका प्रमुख मुक्तिराम खनाल वार्ड सचिब पुस्पा भुसाल बिस्नु आचार्य लगायतका कर्मचारीहरुको उपस्थितिमा सुभारम्भ गरिएको हो ।
अब गाउँबाट राजस्व तिर्न तिरो बुझाउन नगरपालिकामा नआई आफ्नै वार्ड कार्यालयहरुबाट तिरो तिर्ने राजस्व बुझाउने सबै काम वार्डबाट हुने ब्यबस्थापन मिलाईएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृस्न प्रसाद साप्कोटाले जानकारी दिनु भयो ।