वार्डको मुहार फेर्न सक्रिय सन्धिखर्क नगरपालिका ३ का वडाअध्यक्ष लिला गौतम
भाद्र १४ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । करिब २० बर्षको अन्तरामा भएको स्थानीय निर्वाचनबाट निर्वाचित सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ का वार्ड अध्यक्ष लिलाराम गौतम वार्डको मुहार फेर्न लागिपरेका छन् । सदरमुकाम सन्धिखर्कबाट नजिकै रहेको भएतापनि बिगतका दिनहरुमा बत्तिमुनिको अध्यारो महशुश गरिएको सो क्षेत्रले बिस्तारै मुहार फेर्दै गएको देखिन्छ।
अर्घाखाँचीडट्कमसँगको बिशेष कुराकानीमा अध्यक्ष गौतमले वार्डको बिकासको लागी आफु सक्रिय रहेको बताए । वार्ड भित्र मोटरबाटो, बिजुली, खानेपानी, कृषि तथा स्वास्थ क्षेत्रमा उल्लेखनिय सुधार ल्याउन आफु सक्रिय रहेको र आंशिक रुपमा सफल पनि रहेको गौतमले बताएका छन् ।
लामो समय स्वास्थ क्षेत्रमा जागिरे रहि जनस्वास्थ्य अधिकृत भै सेवा निबृत भएका गौतम भद्र र शालिन स्वभाबका ब्यक्तिहरुमा गनिन्छन् । उनि गत २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट वार्ड न ३ को अध्यक्ष निर्वाचित भएका हुन् ।
वार्ड कार्यालयको कामकारबाही सहज रुपमा सम्पादन गर्न र आम जनतालाइ सहज र सुलभ हुने गरि बराहनेटामा वार्ड कार्यालय र नगर स्वास्थ्य केन्द्रको भवन निर्माणकार्य जारी रहेको छ । स्वास्थ्य मन्त्रालयबाट बिनियोजित रकममा स्वास्थ्य भवन र सन्धिखर्क नगरपालिका र रास्टृय योजना आयोगको अनुदानमा वार्ड कार्यालय भवन निर्माण शुरु गरिएको हो।
करिब २ करोडको लागतमा निर्माणाधीन वार्ड कार्यालयको भवनका लागि आफ्नो भाइ यज्ञ मुर्ति गौतमका नाममा रहेको मध्य २ रोपनी जग्गा आफुहरुले निशुल्क दिएको अध्यक्ष गौतमले बताए । स्वास्थ केन्द्र र वार्ड कार्यालय एकै स्थानमा निर्माण गर्न लागिएको छ।
अध्यक्ष गौतम निर्वाचित भएदेखि नै वार्ड्को बिकासमा सक्रिय देखिन्छन। बौद्धिक र भद्र स्वाभबका ऊनी सन्धिखर्क नगरपालिकाका नगर प्रबक्ता पनि हुन। आफु कुनै पार्टी र समुदायको नभई समग्र जनताको प्रतिनिधि भएको महशुस वार्ड बासिहरुलाई गराउन लागिपरेको र वार्ड्बासिका समस्या र गुनासो प्रति उत्तरदायी रहिआएको र आउँदा दिनहरुमा पनि उत्तरदायी रहने गौतमले अर्घाखाँचीडट्कमसँग बताए ।