प्रकासित मिती: भाद्र १५, सोमबार २०७७
अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) भाद्र- १५ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न. १० अर्घा गच्छेगैरामा निर्माणाधिन अरनिको आधारभुत बिध्यालयको नबनिर्मित भबनको एक कार्यक्रम बिच सिलन्यास गरिएको छ।
रास्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का को प्रमुख आतिथ्यतामा नबनिर्मित भबन सिलन्यास कार्यक्रम मा सन्धीखर्क नगरपाकिका प्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक जिल्ला आयोजना कार्यन्यन इकाई ( शिक्षा ) अर्घाखाँची का प्रमुख बलाराम मिश्र , वडा न. १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली स्थानीय जनप्रतिनिधि हरु नेकपा नगर कमिटी इन्चार्ज राजेन्द्र भुसाल विभिन्न राजनैतिक दलका प्रतिनिधि स्थानीय समाजसेवी तथा बिध्यालयका शिक्षक तथा शिक्षिका हरुको उपस्थिति रहेको थियोे ।
कुल ६९४७१३९(उनसतरी लाख सतचालिसहजार एकसय उनचालिस) रुपियाँ मा निर्माण सम्पन्न हुने भबनको सिलन्यास प्रश्यात मन्तव्य राख्दै माननीय सदस्य चन्द बहादुर खड्का ले भन्नू भयो पुर्बाधार को बिकास मा पछि परेको यस बिध्यालयमा ढिलै भए पनि नबनिर्मित भबन को सिलन्यास गर्न पाउँदा आफू निकै खुशी भएको बताउदै अब यसको पुर्बाधार तथा शैक्षिक बिकासमा यहाँ का स्थानीय जनप्रतिनिधि समजसेबी तथा शिक्षक हरु नै श्रय हुने हुदा यस भबन को इस्ट्मेन्ट र सम्झौता बमोजिम निर्माण सम्पन्न गर्न सबैमा अनुरोध गर्दै हाल जिल्ला मा यस्ता प्रकृतिका ४४ वटा भबन निर्माण भइ रहेको उल्लेख गर्दै पुर्बाधार को क्षेत्रमा सडक सिंचाइ लगायत का धेरै महत्त्वपूर्ण कार्य हरु तिब्रगतिमा भएको जानकारि गराउदै संघ को तर्फ बाट यस् बिध्यालयको भोतिक निर्माण मा कुनै कमि रहन नदिने प्रतिबद्धता समेत ब्याक्त गर्नु भयो।
कार्यक्रम मा मन्तव्य राख्दै नगरप्रमुख भुसाल ले नगर लाई आर्थिक भार कम गराएको मा जिल्ला कार्यन्यन इकाइ लाई धन्यवाद दिदै भबन निर्माणको गुणस्तर मा सबैले अनुगमन गर्न आह्वान गर्दै भबन बनाउने मात्रै नभइ शैक्षिक गुणस्त्तर मा समेत ध्यान दिन सबैमा अनुरोध गर्नु भयो।
सोही कार्यक्रम मा इकाई प्रमुख मिश्र ले यो भबन Biil back better को रुपमा काम गर्नु पर्ने भन्दै हिज को जस्तो संरचना नभई अहिले को उच्च स्तरीय संरचना मा मजबुत बनाउन सकिएन भने भोलि गाउनै टुहुरो हुने स्थित आउन सक्छ भन्दै भबन निर्माणको बेला सबैले आलोपालो अनुगमन गर्न समेत अपिल गर्दै गुणस्तर निर्माण कार्य पुर्ण सफलता को लागि सबै लाई शुभकामना दिनु भयो।