कोरोना संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ ।
लामो समयदेखि मुटुको समस्या रहेका उहाँ उपचारका लागि गंगालाल अस्पतालमा भर्ना हुनुभएको थियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्थायी बासिँदा चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड हुनुभएको थियो ।
उहाँ पाँच दिन अघि शहिद गंगालाल अस्पतालमा भर्ना हुनु भएको थियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपक केसीले उहाँको उपचारकै क्रममा निधन भएको पुष्टि गर्नुभयो । इमेजच्यानलमा समाचार छ ।