अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट मंगलबारसम्म ३२७ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना जितेर घर फर्केनेको संख्या ३२७ जना पुगेको छ । भने २४ जना उपचाररत छन् । आज शितगंगामा १ जना डिस्चार्ज भएका हुन् ।
जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६५, भूमिकास्थान नगरपालिकामा १०८, मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि हाल सम्म ३२४ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ३५४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ५६ जना, शितगंगा नगरपालिकामा ६९, भूमिकास्थान नगरपालिकामा ११७, मालारानीमा ७०, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३५४ जना संक्रमित रहेका छन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ३ जनाको निधन भएको छ ।
यसैविच अर्घाखाँचीमा मंगलबारसम्म ६५ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ६५ जनामा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा २ जना डिस्चार्ज भएका छन् ।
यस्तै मंगलबार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा ३ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ५० स्थानमा ९२३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
मंगलबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २४ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।