अर्घाखाँचीडट्कम संवाददाता
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर-९ ढिकुरा काफ्लेमा एक जनाको सर्पले डसेर मृत्यु भएको छ ।
सर्पले डसेर काफ्लेका घैयावारीका ४५ वर्षिय शेर बहादुर बिकलाई उपचारका लागि बुटवल लैजादै गर्दा बीच बाटोमा निधन भएको हो ।
बिकलाई भदौ १४ गते बिहान सर्पले टोकेपछि बिकलाइ घरमै राखी घरयासी उपचार गरिएको थियो।
२ दिनको घरयासी उपचारको प्रयास पछि शेर बहादुर बिकलाइ कुनै फरक नपरेपछि र स्वास्थमा समस्या आएपछि आज जिल्ला अस्पतालमा अर्घाखाँची ल्याउदा उहाँको अबस्था गम्भीर देखिएपछि थप उपचारको लागि बुटवल रिफर गरिएको थियो।