देशभर थप १ हजार ६९ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडाैँ– पछिल्लो २४ घण्टामा देशभर ३४४ महिला र ७२५ पुरुष गरी थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमित हुनेको संख्या ४० हजार ५२९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३९३, ललितपुरका ५८, भक्तपुरका ३०, उदयपुरका १, ओखलढुङ्गाका २, खोटाङका २, झापाका १४, पाँचथरका १, मोरङका १२, सुनसरीका ५६, धनुषाका १, पर्साका २, बाराका ११, महोत्तरीका २, रौतहटका ५, सप्तरीका १, सर्लाहीका १९, काभ्रेका ८, चितवनका ४५, दोलखाका ११, धादिङका ११, नुवाकोटका २, मकवानपुरका ६, रसुवाका १, रामेछापका २ र सिन्धुपाल्चोकका १ जनामा कोरोना पुष्टि भएको हो।
यस्तै सिन्धुलीका ६, कास्कीका ४, गोर्खाका ८, तनहुँका ५, नवलपरासी पूर्वका १५, पर्वतका १, लमजुङका ३२, अर्घाखाँचीका ९, कपिलवस्तुका ७, गुल्मीका १३, दाङका १३, नवलपरासीका ४, पाल्पाका १, प्यूठानका १, वर्दियाका ७, बाँकेका ३३, रुकुमका १, रुपन्देहीका ९१, जुम्लाका २, दैलेखका २, सुर्खेतका १, सल्यानका १, अछामका १३, कञ्चनपुरका ४, कैलालीका २०, डडेल्धुराका २, डोटीका २४, बझाङका ४० तथा बैतडीमा १२ जना संक्रमित थपिएका हुन्।
देशभर १८ हजार ११२ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको छ भने ७ हजार ३९० जना क्वारेन्टिनमा रहेका छन्।
गत २४ घन्टामा ७६८ जना संक्रमणमुक्त भएर डिसचार्ज भएका छन्। यससँगै डिसचार्ज हुनेहरुको संख्या २२ हजार १७८ पुगेको छ।
देशभर १२७ जना आइसीयुमा छन् भने १७ जना भेन्टिलेटरमा छन्। सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्ला संक्रमणमुक्त रहेकाे छन्। देशसन्चारमा समाचार छ ।