अर्घाखाँचीकाे सङ्गम स्थल झ्ल्याकोट ओझेलमा

दिपेन्द्र खत्री 
अर्घाखाँची । गुल्मी- अर्घाखाँची  जिल्लाको  सङ्गम तथा पर्यटकीय स्थल धुर्कोट गाउँपालिका १ नयाँगाउँ स्थित पर्यटकीय , धार्मिक,पुरातात्त्विक क्षेत्र झ्ल्याकोट एउटा समथर डाडाेको नाम हो । त्यो डाडाेलाइ दारेढुंगा ,दारेगाैडा लगायत अन्यनामले पनि चिनिदै आईएकाे छ।
 जुन डाडाे अर्घाखाँचीको मालारानी गा.पा वडा न. २,३ र गुल्मी जिल्लाको धुर्कोट गा. पा वडा न. १,२ को सिमानामा अबस्थित छ । जसलाइ नयाँगाउँ गा.बि.स र अर्घातोस गा.बि.स को सिर पनि भनिदै अाईन्छ।
जुन स्थानअर्घाखाँची र गुल्मिको सिमानामा छ । सहि क्षेत्र करिब 6000हेक्टर क्षेत्रमा फैलिएको छ। जसअन्तर्गत समथर क्षेत्र 2000 हेक्टर र जङ्गल क्षेत्र 4000 हेक्टर रहेको छ । गुल्मिमा पर्ने स्थान जङ्गल र समथल मैदान र अघाखाचिमा पर्ने स्थान भिरालो खरबारि रहेको छ।
झल्याकाेटमा दिनहुुँ बनभोज, घुम्नको लागि आन्तरिक र बाहय पर्यटकहरू आउने गर्छन । सहि स्थानमा एउटामात्र भग्नावसेस मन्दिर छ ।जुन मन्दिरमा ढोका समेत छोइन मन्दिरमा दस‌ैको बेला मात्र एकदुइ दिन पुजाआजा गरिन्छ र अन्यदिनहरुमा मन्दिरलाई कुनै तहतप्का , ब्यक्तिविशेषले संरक्षण गर्ने गरेको पाइदैन । त्यस्तै २०७३ सालमा बनेको नमस्ते टेलिफोनको टावर छ टावर हेर्नको लागि कुनै कर्मचारी नखटाउनाले बिगि्रहने गरेकोले टावरले पनि त्यति उत्कृष्टरुपमा सेवा नदिएकाे जनताको भनाइ रहेको छ ।
त्यस क्षेत्रका अन्य महत्त्वपूर्ण स्थल मैदान , बन ,खनिज , जडिबुटी , टाढा-टाढाअवलोकन गर्न सकिने भएकाले प्राकृतिक हिसाबले भरिपुर्ण छ । मैदान ,बनक्षेत्रमा विभिन्न जडिबुटी , धेरै प्रजातिका जिवजन्तु हुनु साथै खनिजको पनि सम्भावना रहेको छ।
हिन्दु धर्मको सङ्गम थलो त्यहा दसैकाे तृतीयको दिन धार्मिक सरायनाच मेला लाग्ने गर्दछ । सरायनाचका लागि नयाँगाउँबाट बाध्यबाजक टाेलि त्यहाँ आइ नाच्ने गर्दछ्न । भने सोही मेला हेर्न अर्घाखाँची र गुल्मिका मानिस आउने गर्छ्न । झल्याकोटकाे केही तल एउटा प्राकृतिक मैदान छ जुन मैदानमा धेरैजसो दिन कृकेट हुने गर्दछ । त्यसले पनि झल्याकाेटमा अझै पर्यटक ब्यबसाय फस्टाएकाे छ ।दिनहु करिब १५० मानिस अवलोकनको लागि आएकाे पाइन्छ । तर त्यहा यति पर्यटक आए भनेर एकिङ्ग गर्न भने सकिदैन ।
किनभने त्यहाँप्रती आबद्ध कुनै सस्थासङगठन खोलिएको छोइन छैन । त्यहाँका केही जानकार ब्यक्तिसङ्ग बुज्दा सिमानाको जग्गाभएकोले परापुर्बककालमा कुनै किसिमको अर्घाखाँची र गुल्मिको मनमुटावहुँदा सहि स्थानमा निणय गरि समाधान खोज्ने अदालतिय भुमिका खेलेको समेत प्रष्ट पार्नुभयो । जुन ठाँउ पुग्नको लागि ओखलढुंगा (गुल्मी) बाट निमार्णधिन केही सिडि बनाइएको छ जुन सिडि अपुण छ्न । र केही स्थान परको भिरबाट पानी लिएको छ ।
जुन पानी निरन्तर आउन सकेको छैन । सिमानाको भु- भाग रहेको हुनाले दुबै जिल्लाका ब्यक्ति , समाज र जनप्रतिनिधिले समेत त्यति चासो दिन सकेका छोइनन। कुनै बिकास निमार्ण लगायत भाैतिक , धार्मिक हिसाबले पनि सो ठाँउ दुबै पक्षबिच विवादमा मुछिनाले बिकास हुन सकेको छोइन। जुन जोगि आएपनि कानै चिरेको भनेजस्तो जुन जनप्रतिनिधि निर्वाचित भएपनि अन्य ठाँउ भन्दा त्यो ठाँउलाई कम चासो दिने र कम बजेट बिनियोजन गर्ने गरेको पाइएकाे छ । यि यस्ता कारणले पनि पछिल्लो समयमा झल्याकोट को नामनिशान हराउने खतरा समय अनुसार बढदै गएको छ । यदि झल्याकोटलाई चिनाउनतर्फ लाग्ने हो भने दुई जिल्ला मिलेर सिमाना अतिक्रमणलाई रोकेर आ आफ्नो क्षेत्रमा विभिन्न बिकास निर्माणका कार्य गर्न सकिन्छ ।
खानेपानी , मन्दिर , भ्यु टावर , होम स्टे , बजार, गुल्मिको ओखलढुंगाबाट सडकसेवा , प्रसार-प्रचार , गाैचर रोक, जनश्रमदान, समय समयमा मेला आयोजनागर्नेहाे भने गुल्मी,अर्घाखाँची काे एक उदाहरणिय पर्यटकिय क्षेत्र बन्छ जुन क्षेत्र गुल्मि,अर्घाखाँची का अन्य चिरपरिचित क्षेत्र भन्दा बेग्लै आकर्षित क्षेत्र बन्न सक्छ।

अन्य समाचारहरु