बिष्णु कुमार आले
वाङ्ला, अर्घाखाँची भदौ १७ । अर्घाखाँचीमा नेपाल टेलिकमको अप्टीकल फाईबर काँटिदा बिभिन्न ८ स्थानका टाबरहरु अबरुद्ध भएका छन ।
सदरमुकाम सन्धिखर्क देखी झण्डै साढे २ किलोमिटरको क्षेत्रमा अप्टीकल फाईबर ब्रेक हुँदा जिल्लाको किमडाँडा, धारापानी, ढाकावाङ, असुरकोट,हंसपुर,पाली र वाङ्लामा रहेका ८ अोटा जिएसएम बिटिएस टाबर बन्द भएका हुन् ।
टाबर बन्दहुँदा त्यस क्षेत्रमा टेलिफोन सेवा, टुजि, थ्रीजी ,फोरजि ईन्टरनेट सेवा अबरुद्ध भएको नेपाल टेलिकम अर्घाखाँचीका कार्यालय प्रमुख गोबिन्द पराजुलीले बताए ।
पराजुलीका अनुसार फाईबर मर्मत कार्यकोलागी फिल्डमा प्राबिधिकहरु खटिएपनि प्रतिकुल मौसमका कारण मर्मत कार्यमा समस्या परेको छ । अप्टिकल फाईवर तार बिचबाट चुडिएको अवस्थामा भेटिएको र तारलाई गाडीले चुडालेको हुन सक्ने अनुमान गरिएको छ ।
मंगलबार दिउँसो करिव १२ बजेदेखी सेवा अवरुद्घ भएपछि तुरुन्तै आवस्यक प्राबिधिक फिल्डमा खटाईएको तर निरन्तर पानी परिरहेकाकारण तुरुन्तै समस्या पत्ता लाग्न नसक्दा लामो समय सेवा अवरुद्घ भएको पराजुलीले बताए । मौसम सफा हुँदै गएको र अबको डेढ दुई घण्टा भित्र मर्मत गरि टाबर संचालनमा आउने कार्यालय प्रमुख पराजुलीले बताए ।