अर्घाखाँचीमा आजबाट थपिएको निषेधाज्ञा कारण सन्धिखर्क लगायत जिल्लाभर सुनसन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा आजबाट भाद्र २४ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा (लकडाउन)को समय अवधी थपिएका कारण सन्धिखर्क लगायत जिल्लाभर सुनसन छ । 
बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसीसीएमसी) को बैठकले भदौ २४ गते राती १२ बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको थियो । 
बुधबार राती  १२ बजेसम्मको लागि यस अघिनै लकडाउन गरिएकोमा यसलाई बढाएर २४ गते राती १२ बजे सम्म लगिएको हो । तराईसँग सिमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तुमा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना संक्रमित हुन लागेपछि लकडाउन थपिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा  मंगलबार बसेको राजनितिक दल र सञ्चारकर्मीसँगको छुट्टाछुट्टै भेटघाटमा लकडाउन थप गर्न मंगलबार सुझाव दिएका थिए ।

अन्य समाचारहरु