काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३५७, ललितपुरका ४६, भक्तपुरका ४२, उदयपुरका २, ओखलढुङगाका ७, झापाका १२, तेह्रथुमका २, धनकुटाका ३, मोरङका ४६, संखुवासभाका ६, सुनसरीका २७, धनुषाका ६४, पर्साका ६५, बाराका ७१, महोत्तरीका २०, रौतहटका २९, सप्तरीका १, सर्लाहीका १०९, काभ्रेका ७, चितवनका ५६, दोलखाका ५, धादिङका ३, नुवाकोटका ४, मकवानपुरका २२, रामेछापका १ र सिन्धुपाल्चोकका ३ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै कास्कीका ३१, गोर्खाका ५, तनहुँका ३, नवलपरासीपूर्वका ६, लमजुङका ९, बाग्लुङका १, कपिलवस्तुका ११, गुल्मीका १०, दाङका ४, नवलपरासीका ९, पाल्पाका २, प्यूठानका २, वर्दियाका ५, बाँकेका ८, रुपन्देहीका ५२, कालिकोटका २, जाजरकोटका १, दैलेखका ६, सल्यानका २, सुर्खेतका ७, अछामका ६, कञ्चनपुरका ३, कैलालीका १५, डोटीका ४, दार्चुलाका २, बझाङका १० तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै नेपालमा पछिल्लो २४ मा थप ६ जनाकाे कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र दुई पुरुष रहेका छन्।
चितवनमा ४० वर्षीया महिला, भक्तपुरमा ४० वर्षीया महिला, तनहुँमा ९२ वर्षीया महिला, रुपन्देहीमा ७७ वर्षीया महिला र ६५ वर्षीया पुरुष र सिन्धुपाल्चोकमा ७७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५७ पुगेको छ।
मन्त्रालयका अनुसार बिहीबार ९१७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण भएको छ। हालसम्म ८ लाख ३१ हजार ८ सय ५२ पीसीआर परिक्षण भएको छ।
देशभर सक्रिय संक्रिमित १८ हजार ४ सय १३ रहेका छन्। ६ हजार ७ सय ४९ जना क्वारेन्टिनमा रहेका छन्।
यस्तै काठमाडौँ उपत्यकामा ४४५ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडाैँमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशसन्चारमा समाचार छ ।