दर्ता: ०७७/७७ -६०
मिति: २०७७/०५/१८
प्रेस विज्ञप्ती
आज मिति २०७७/०५/१८ गतेका दिन पाणिनि गाउँपालिका वार्ड नम्बर ६ को प्र.सं.२०७७/७८ र चलानी न.३५ बाट जिल्ला प्रशासन कार्यालयमा अर्घाखाँचीडट्कमलाई चरित्र हत्या गरेको आरोपमा कारबाहीको माग गरेको बिषय प्रति अर्घाखाँची मिडिया हाउसको गम्भीर ध्यानाकर्षण भएको छ।
अहिलेको समय बिज्ञान र प्रविधिको समय हो। बिज्ञान-प्रविधिको चमत्कारीले नै हामीले हाम्रा आवाज, हाम्रा गुनासा अनि हाम्रो संविधनत प्राप्त मौलिक हक अधिकारको उपयोग र रक्षा गर्ने सुनौलो अवसर पाएका छौ। मुलत १९९० पछि देखिएको शुशासन विश्वव्यापीकरण, उदारीकरण र बिस्तारै छाउदै गरेको स्थानियकरणको अवधारणालाई संस्थागत रुप दिन बिकसित सामाजिक सञ्जाल ले विश्वलाई एउटै आगनमा राखी विश्वव्यापीकरणको मान्यतालाई प्रारुप दिएको पाईन्छ ।
यसै सन्दर्भमा आम सुचना सम्प्रेषणमा पनि छिटो छरितो माध्यमबाट आम जनताले प्राप्त गर्न पाउन भन्ने हेतुले नै अनलाइन मिडियाको बिकास भएको हामी सबैलाई नै अवगत छ । यहि समयको मागलाई मध्यनजर गर्दै अर्घाखाँचीडट्कमको नाममा सन् १९९८ मा ब्लग हुँदै सन् २००६ मा www.arghakhanchi.com वेवसाइट मार्फत अर्घाखाँची जिल्लाका भौगोलिक, सामाजिक, आर्थिक, राजनैनिक, धार्मिक तथा सास्कृतिक अवस्था एंव देश तथा वैदेशिक रोजगारमा रहनु भएका आम नेपालीको समस्याको बारेमा समाचार, फोटो तथा भिडियोको माध्यमद्वारा जानकारी दिएको कुरामा पनि हामी सबै बिदितै छौ । र सामाजिक सञ्जालको बिकाससंगै हाम्रो अनलाइन पोर्टलको पनि सामाजिक सञ्जाल हुनु स्वाभाविकै हो।
आज अर्घाखाँचीडट्कमको सामाजिक सञ्जाल फेसबुक पेज मार्फत अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वार्ड न.६ मा कार्यरत एक कर्मचारीले वार्डको सुचना प्रवाह गर्ने क्रममा माइकिङ गरेको देख्न पाउछौ। जसलाई हामी सामाजिक सञ्जालको माध्यमबाट लिई परम्परागत शैली जसलाई हामी नेपाली व्याकरण अनुसार कटुवाल शैली पनि भन्ने गर्छौ र स्मरण रहोस् २०५० को दशकसम्म पनि यो शैली कायम नै थियो। सोही बिषयलाई लिएर सोही वार्डका वडाअध्यक्ष शुभ बहादुर शारु थापाले अर्घाखाँचीडट्कमलाई कारवाहीको माग गर्दै उजुरी दिनु मिडिया माथिको आक्रमण र बदनाम हो भन्ने हामीले बुझेका छौ।
अर्घाखाँचीडट्कमले अहिले “अर्घाखाँचीबासीसंग स्थानीय सरकार र हाम्रो सरोकार” कार्यक्रम लिएर वार्ड-वार्डमा जन प्रतिनिधिसंग सम्वन्धित वार्डका समस्या र ३ बर्षको अवधिमा गरेका कार्य र आगामी २ बर्षमा गर्ने कार्यको योजनाको बारेमा आम जनतालाई सुचना प्रदान गर्न अभियान लिएर हिडेको जसलाई प्रभावित गर्न यो प्रपञ्च रचिएको हामीले बुझेको छौ
भिडियोमा माइकिङ गर्दै सुचना प्रवाह गरिरहेका वार्डको कर्मचारीको कहि कतै नाम नलिएको र परम्परागत सुचना प्रवाह पद्धति जसलाई कटुवाल प्रथा अवलम्बन गरिएको भन्न खोजिएको भिडियो आफैमा एउटा प्रमाण रहेको व्यहोरा जानकारी गराउदै अर्घाखाँचीडट्कमलाई लगाइएको आधारहिन आरोप फिर्ता लिई सार्वजनिक रुपमा माफी माग्न अनुरोध गर्दछौ। शक्तिको आडमा मिडिया माथि गरिएको हस्तक्षेपको विरुद्ध आम सञ्चारकर्मीलाई एकजुट हुन पनि आव्हान गर्दछौ।
सन्तोष के.सी
सम्पादक
Media Contact: press@arghakhanchi.com