भुमिकास्थान नगरपालिकामा नगरप्रमुख र उप प्रमुख बीच द्वन्द्व, थापाले नितिगत भ्रष्टाचार गरेको आरोप

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा नगर प्रमुख रेशम थापा र केही कर्मचारीको मिलोमतोमा नितिगत भ्रष्टाचार गरेको नगर सभा सदस्यहरुले आरोप लगाएका छन् ।  
नगरप्रमुख रेशम थापाले कर्मचारीलाई दबाब दिई नगर सभाले गर्दै नगरेका निर्णय माईन्युटमा राखि किर्ते माईन्युट खडा गरि नीतिगत भ्रस्टाचार गर्न खाेजेको नगर सभा सदस्यहरुले आरोप लगाएका हुन् । 
यस्तै एक तिहाई नगर सभासदस्यहरुले बैठक बोलाउन लिखित अनुरोध गर्दा पनि बैठक नबोलाएको नगरप्रमुखले कागजात मिलाउने विषयबस्तु तोडमोड गर्ने, मनाेमानी ढंगले काम गरेकाे जनप्रतिनिधिहरुकाे वेवास्था गरेकाे आरोप लगाएका छन् । 
विशेष नगर सभा बोलाउन माग

प्रेमनारायण आचार्य
नगर प्रमुखले छलफल नै नभएको विषय माइन्युटमा छिराएर एकलाैटी काम गर्न खोजेको भन्दै अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका जनप्रतिनिधिहरुले विशेष नगर सभा बोलाउन माग गरेका छन् ।
विवाद चर्किदै गएपछि नगर उपप्रमुख, पाँच जना वडा अध्यक्ष सहित २० जना नगर सभा सदस्यले हस्ताक्षर सङ्कलन गरेर  नगर प्रमुखलाई विशेष नगर सभा बोलाउन माग गरेको नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्वासेले बताउनुभयो ।
गएको असार ५ गतेको कार्यपालिकाको बैठक र १० गतेको नगरसभा बैठकमा संघीय सरकारबाट भूमिकास्थान नगरपालिका वडा नम्बर ५, असुरकोटको स्वास्थ्यचौकी भवन स्तरोन्नती तथा १५ शैयाको अस्पताल बनाउने योजनाका विषयमा छलफल नै भएको थिएन ।
‘माइन्युटमा उक्त योजना छेउमा पर्ने भन्दै वडा नम्बर ७ र ८ को बीचमा १५ शैयाको अस्पताल बनाउने भनेर निर्णय भएछ’, नगर उपप्रमुख बेल्वासेले भन्नुभयो, ‘नगर प्रमुखले एकलाैटी रुपमा छलफल नै नभएका विषय माइन्युटमा लिनुभएको छ ।’
यस्तै गएको असार ९ गते बसेको कार्यपालिकाको बैठकमा छलफल नै नभएको विषय करारका कर्मचारीको म्याद थप गर्ने निर्णय प्रस्ताव नम्बर ६ मा राखेर निर्णय गरिएको भूमिकास्थान नगरपालिका–४ का वडा अध्यक्ष तथा प्रवक्ता बाबुराम सुनारले बताउनुभयो ।
करारका कर्मचारीको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा कुनै पनि छलफल नभएको उहाँको भनाइ छ ।
नगर प्रमुखले बैठकको विधि, मान्यता र परम्परा विपरीत कागजात मिलाउने, विषयबस्तु तोडमोड गर्ने र नगर सभाको हवला दिँदै विभिन्न कामहरु अगाडि बढाएको भन्दै नगर प्रमुखको विरुद्धमा नगर उपप्रमुख खडानन्द
​बेल्वासे, वडा नम्वर ४ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता बाबुराम सुनार, वडा नम्बर एकका वडा अध्यक्ष भोजराज खनाल, दुईका वडा अध्यक्ष बुद्धिबहादुर थापा, पाँचका वडा अध्यक्ष तुल्सीराम बेल्वासे, ६ का वडा अध्यक्ष झविलाल बन्जाडे सहित ३१ जना उत्रिएका छन् ।
नगर सभाको बैठक र कार्यपालिकाको बैठकमा छलफल भएको विषय मात्र माइन्युटमा राखेर निर्णय गरिएको नगर प्रमुख रेशम थापाले बताउनु भयो । आफूमाथि झुटो आरोप लगाएको नगर प्रमुखको भनाइ छ ।
 

अन्य समाचारहरु