काठमाडौँ- देशभर शुक्रबार ४६४ महिला र ८९५ पुरुष गरी थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यससँगै देशभर संक्रमित हुनेको संख्या ४४ हजार २३६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३८६, ललितपुरका ३२, भक्तपुरका ३६, उदयपुरका १, खोटाङका २/२, मोरङका ७६, सुनसरीका ३९, झापाका २८, धनुषाका ४३, पर्साका २७, बाराका २१, महोत्तरीका ४६, रौतहटका २, सप्तरीका २६, सर्लाहीका ८०, सिराहाका १, काभ्रेका ७, चितवनका ८२, दोलखाका २, धादिङका १९, नुवाकोटका ५, मकवानपुरका १८, रसुवाका १, रामेछापका १३, सिन्धुपाल्चोकका ४, सिन्धुलीका २, कास्कीका २०, गोर्खाका २६, तनहुँका १२, नवलपरासीपुर्वका २८, म्याग्दीका १, लमजुङका १०, बागलुङका १, स्याङजाका ३, कपिलवस्तुका ७, गुल्मीका २, दाङका ७, पाल्पाका ६, वर्दियाका १४, बाँकेका ४८, रुकुमपुर्वका १, रुपन्देहीका ४४, जाजरकोटका २, जुम्लाका २१, दैलेखका ९, रुकुमपश्चिमका १, सल्यानका १, सुर्खेतका २२, अछामका १, कञ्चनपुरका ५, कैलालीका ५२, डोटीका ४, दार्चुलाका ३, बझाङका ३ तथा बैतडीका ३ जना संक्रमित थपिएका हुन्।
देशभर १८ हजार ४०४ जना सक्रिय संक्रमित रहेका छन्।
हालसम्म ६ हजार ५६१ जना क्वारेन्टिनमा रहेका छन्। गत २४ घन्टामा १३ सय ५४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
यससँगै डिस्चार्ज हुनेहरुको संख्या २५ हजार ५६१ पुगेको छ।
देशभर १५१ जना आइसीयुमा छन् भने २६ जना भेन्टिलेटरमा छन्। गत २४ घन्टामा १३ हजार ६३८ वटा पीसीआर परीक्षण भएको छ। सोलुखुम्बु, ताप्लेजुङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला संक्रमणमुक्त रहेका छन्। यस्तै मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन, रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। देशसन्चारमा समाचार छ ।