अर्घाखाँचीमा शुक्रबारसम्म संक्रमितको संख्या ३५५ , कोरोना जित्नेको संख्या ३२७ जना, आईसोलेशनमा २५ जना मात्र (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट शुक्रबारसम्म ३२७ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना जितेर घर फर्केनेको संख्या ३२७ जना पुगेको छ । भने २५  जना उपचाररत छन् ।  
जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६५,  भूमिकास्थान नगरपालिकामा १०८,  मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।  
अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ३५५ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ५७,  जना, शितगंगा नगरपालिकामा ६९,   भूमिकास्थान नगरपालिकामा ११७,     मालारानीमा ७०,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३५५ जना संक्रमित रहेका छन् ।  
   
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ३ जनाको निधन भएको छ । 
यस्तै अर्घाखाँचीमा शुक्रबारसम्म  ६६  जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ६६ जनामा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा ५ जना डिस्चार्ज भएका छन् ।    
साथै शुक्रबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ८ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४९ स्थानमा ९२३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
शुक्रबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा २५ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु