बाँकेमा ६ बर्षिय बालक र ६० बर्षिय वृद्ध सहित ४० जनामा कोरोना पुष्टि

कुलेन्द्र बिक 
बाँके – बाँकेमा पछिलो २४ घण्टामा गरीएको परिक्षणमा ६ बर्षिय बालक र ६० बर्षिय वृद्ध सहित  ४० जनामा कोरोना पुष्टिभएको छ । 
भेरी अस्पताल नेपालगञ्ज र वागेश्वरी डाईग्नोष्टिक सेन्टर नेपालगञ्जको ल्यावमा गरिएको छुट्टाछुट्टै परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । शुक्रवार संक्रमणमित ४०जना मध्य  १५ महिला र २५ पुरुष रहेका छन् ।
नेपालगञ्जका विभिन्न वडाका २१ जना, कोहलपुरका २, राष्ट्रिय बाणिज्य बैंक बाँकेका ५, जिल्ला प्रहरी कार्यालय बाँकेका ४ र डुडुवा गाउँपालिका वडा नं। ५ का ५ जनामा कोरोना पुष्टि भएको भेरी अस्पतालको सूचनामा उल्लेख छ । यस्तै बार बर्दियाका ६ जनामा संक्रमण देखिएको छ । वागेश्वरी डाईग्नोष्टिक सेन्टरको परीक्षणमा बाँकेका ३ जनामा कोरोना पुष्टि भएको छ ।
भेरीको परीक्षणमा ३७ जना र वागेश्वरीको परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसंगै बाँकेमा कोरोना संक्रमितको सँख्या १ हजार १ सय ७९ पुगेको छ । भने कोरोना संक्रमणको कारण मृत्य हुनेको संख्या ६ पुगेको छ ।