अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क र चुत्राबेसीका सार्वजनिक स्थानमा उम्रिएका गाँजाका बोटहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
जिल्ला कार्यालय अर्घाखाँचीबाट खटिएको १३ जनाको प्रहरी टोलीले “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार सन्धिखर्क नगरपालीका वार्ड नं. १ सन्धिखर्क र २ चुत्राबेसीका सार्वजनिक स्थानमा प्राकृतिक रुपमा आफै उम्रिएका अनुमानित ४०० (चार सय ) गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको हो ।