बिज्ञान शिक्षक समाज प्रदेश नं. ५ ले आयोजना गर्ने मावी स्तरीय बिज्ञान हाजिर जवाफ प्रतियोगितामा सहभागी हौ

Science Teachers’ Association of Nepal – STAN 
बिज्ञान शिक्षक समाज नेपाल प्रदेश नं. ५ समिति, नेपाल
२०७७  सालको असोज १ गते आठौं राष्ट्रिय बिज्ञान दिवस “स्वच्छ र गुणस्तरीय जीवनका लागि बिज्ञान” भन्ने नाराका साथ विज्ञान दिवस आयोजक मूल समारोह समिति, नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहजीकरणमा मनाउन लागिएको सन्दर्भमा Science Teachers’ Association of Nepal – STAN, प्रदेश नं. ५ समितिद्वारा माध्यमिक बिद्यालय स्तरीय बिज्ञान हाजिर जवाफ प्रतियोगिता (Science Quiz Competition) को आयोजना गर्न लागिएकोले आफ्ना आफ्ना विद्यार्थीहरु सहभागी गराउनु हुनका लागि सम्पूर्ण बिद्यालयहरु, विज्ञान शिक्षक ज्यूहरू एबम् इच्छुक प्रदेश नं. ५ का सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध गरिन्छ।
कार्यक्रम:
बिज्ञान हाजिर जवाफ प्रतियोगिता (Science Quiz Competition)
सहभागिताका लागि शर्तहरु:
i. यो व्यक्तिगत प्रतियोगितात्मक कार्यक्रम हो, जसमा प्रदेश नं. ५ भित्रका
कक्षा १२ सम्म अध्ययनरत छात्र-छात्राहरुले मात्र भागलिन पाउनेछन् ।
ii. यसमा कक्षा ८ ९ र १० कक्षा सम्मको विज्ञान विषयबाट प्रश्नहरु
सोधिनेछन् ।
iii. यसमा एउटा बिद्यालयबाट १ भन्दा बढी विद्यार्थीहरु समेत सहभागी
हुनसक्ने छन् ।
iv. यो प्रतियोगिता भर्चुअल विधि जुमद्वारा Online Quiz को Code दिएर
सञ्चालन गरिनेछ ।
v. सहभागी हुनका लागि विद्यार्थीहरु आफैले आफ्नो नाम, कक्षा,
विद्यालयको नाम, ठेगाना, आफ्नो सम्पर्क नम्बर र इमेल ठेगाना सहित
Google form मार्फत आयोजकसँग नाम दर्ता गर्नु पर्ने छ ।
vi. नाम दर्ता भएपछि भर्चुअल विधि जुमद्वारा कार्यक्रममा सहभागी हुनाका
लागि सम्पूर्ण ब्यवस्थापन प्रतियोगी स्वयमले गर्नु पर्नेछ ।
vii. अनलाइन हाजिर जवाफ प्रतियोगिता सञ्चालन भइहेकाे समयमा
प्राविधिक कारणबश सम्जर्क विच्छेद भएमा प्रतियोगी स्वयम् जिम्मेवार
हुनेछन् र कार्यक्रम निरन्तर सञ्चालन भइरहनेछ ।
viii. बिज्ञान हाजिर जवाफ प्रतियोगिताबाट विजयी ४ जनालाई नगद
पुरस्कार तथा नेपाल सरकार मूल समारोह समितिबाट प्रमाणपत्र प्रदान
गरिने छ ।
प्रदेश नं. ५ स्तरीय हाजिरीजवाफ प्रतियोगितात्मक कार्यक्रम सम्बन्धी जानकारीः
१. सहभागी हुनका लागि यसैसँग राखिएको Google form link द्वारा नाम
दर्ता गर्ने अन्तिम मिति : २०७७ भदौ २५ गतेसम्म
२. हाजिरीजवाफ प्रतियोगिता सञ्चालन हुने दिन : २०७७ भदौ २८ गते
आइतबार, दिउसो ०१:०० (एक बजे) देखि
३. पुरस्कार तथा प्रमाणपत्र बितरण : २०७७ भदौ ३१ गते, स्टान केन्द्रिय
कार्यक्रममा।
४. विजेता परिचयः २०७७ अशोज १ गते बिज्ञान दिवसको मुल कार्यक्रम
समारोहमा।
५.पुरस्कार सम्बन्धी विवरण:
प्रथम पुरस्कार : रु ४०००/- नगद सहित प्रमाणपत्र ।
दोस्रो पुरस्कार : रु ३०००/- नगद सहित प्रमाणपत्र ।
तेस्रो पुरस्कार : रु २०००/- नगद सहित प्रमाणपत्र ।
सान्त्वना पुरस्कार : रु १०००/- नगद सहित प्रमाणपत्र
६. कार्यक्रममा सौजन्य गर्नुहुने ब्यक्ति वा संस्थालाई सो बापत प्रमाणपत्र
दिइनेछ ।
सम्पर्क
१. विकास गौतम STAN वरिष्ठ केन्द्रीय उपाध्यक्ष / प्रदेश- ५ संयोजक
ईमेल ठेगाना : vikasgautamsir780@gmail.com
सम्पर्क न : 9857834780
२. यमनाथ पौडेल प्रदेश नं. ५ STAN सह-संयोजक
सम्पर्क न : 9848024521
ईमेल ठेगाना : yamnath.poudel29@gmail.com
अन्य जानकारीहरुको लागि STAN जिल्ला संयोजकहरु र सम्पर्क न :
१. सूचना अधिकारी शिशिर (कपिलबस्तु) – 9857050368
२. महेश गुप्ता (रुपन्देही) – 9847520422
३. कमल अर्याल (परासी पश्चिम) – 9857080585
५. बामदेव सुवेदी (बाँके) – 9858025491, 98580 31211
७. चन्द्र बहादुर मल्ल (रुकुम पूर्व) – 9844917468
८. मान वहादुर बस्नेत (रोल्पा) – 9857823372
९. मेघराज पौडेल (प्युठान) – 984783887९
१०. अनन्त पाण्डेय (अर्घाखाँची – 947400085
११. केशव पराजुली (गुल्मी) –9847104880
१२. कपिल कुँवर (पाल्पा) – 9857062033
पुनश्च : नाम दर्ताका लागि यसैसंग भएको गुगल फर्म भर्नु हुन समेत अनुरोध छ ।