बल्कोट युएई सम्पर्क समाजले पौवामा बनाइदियो फलाम र काठका कुर्ची

रुद्रमणि भुसाल 
बल्कोट, अर्घाखाँची भाद्र २० । पछिल्लो समय छत्रदेबका विभिन्न  स्थानमा रहेका गरिब दुखी  बिपन्न तथा असाय लाई सहयोग गर्दै आएको सस्था बल्कोट अर्घाखाँची  युएइ सम्पर्क समाजले एस पटक भने  बल्कोटको एतिहासिक धार्मिक तथा पर्यटकिय स्थल बल्कोट पौवामा फलाम र काठबाट निर्मित   ५ ओटा कुर्ची बिमार्ण गरिरिदिएको छ । 
पौवाको अवलोकन गरि आरमगर्नको लागि प्रागङ्गणमा केही नभएकोले बिदेशमा रोजगारीमा गएका बल्कोट बासीले  चन्दा संकलन गरि कुर्ची निर्माण गरिदिएका छन् । निस्वार्थ रुपमा समाजिक काम गरेमा  गाउँको  मुहार फेर्न समय नलाग्ने सस्थाका अध्यक्ष टुमलाल आण्डेले बताउनु भयो । 
 कुर्ची हस्तान्तरण कार्यक्रममा   बोल्दै छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्ररेलले झन्डै १ लाख २५ हजार  रकमको मेच्च निर्माणले युवामा इच्छा शतिm भएमा गाउँटोलको बिकासमा  जुन ठाउँबाट  पनि सहयोग गर्न सकिन्छ भन्ने गतिलो उदारण बल्कोट युएइ  सम्पर्क   समाजले दिएको बताउनु भयो । खाडी मुलुकमा भएर पनि यस्तो कोरोना सक्रमणको बेलामा पनि  थोरै थोरै रकम संकलन गरि एतिहासिक बल्कोट पौवामा बेच्च निर्माण गरेकोमा धन्यबाद दिनुभयो । 
कर्यक्रममा उपाध्यक्ष तुल्सिदेबि श्रेष्ठ ,प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसाल  वर्डा अध्यक्षहरु प्रकाश् पन्थी ,राजेश पन्थी ,तेजप्रसाद खनाल ,अशोक श्रेष्ठ पौवा संरक्षक समितिका पदाधिकारीहरु नेपाली काङ्ग्रेस जिल्ला सचिब बिष्णु भुसाल,  नेकपा छत्रदेव अध्यक्ष रामलाल पराजुली, राजु पान्डे, पितम्बर खनाल,  नारायण खनाल, धुर्ब पाण्डे , ज्ञानु पाण्डे ,राजु घिमिरे ,दामोदर पाण्दे ,, पोमनारायन पान्डे, दिनामणी पान्डे, कमला पान्डे, निर्मला राना ,रुन्नता पान्डे,पुतला पान्डे, गिरिबहादुर रायमाझी लगाएत विभिन्न सामाजिक तथा राजनीतिक ब्यक्तित्वहरु सहितको उपस्थिति मा बल्कोट पौवा संरक्षण समिती लाई छ बटा पार्क बेन्च हस्तान्तरण  गरिएको छ ।
बल्कोट अर्घाखाँची सम्पर्क समाज ले गर्ने सामाजिक काम मा विशेष योगदान पुराउनु हुने दामोदर पाण्डे राजु धिमिरे मित्रलाल पाण्डे र गिरिबहादुर रायमाझि लाई सस्थाले सम्मान गरेको सस्थाका सचिब अमित पाण्डेले जानकारी दिनुभयो । कार्यक्रको संचालन स्थानिय पितम्बर खनालले गनु भएको थियो ।

अन्य समाचारहरु