सन्धिखर्कको जिल्ला कारागार आटिकापाटामा चोरी मुद्दामा सजाय भोगिरहेका एक कैदीको मृत्‍यु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित आटिकापाटा जिल्ला कारागारमा चोरी मुद्दामा सजाय भोगिरहेका एक कैदीको मृत्‍यु भएको छ ।
आटिकापाटा जिल्ला कारागारमा चोरी मुद्दामा सजाय भोगिरहेका रूपन्देही तिलोत्तमा नगरपालिका-५ का ४६ वर्षिय  कैदी (विजय पाण्डे) भन्ने  रामप्रसाद पाण्डेकोबुटवल प्रादेशिक अस्पतालमा थप उपचारको क्रममा  निधन भएको हो  ।
कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका पाण्डेको   शरीर एक्कासि सुन्निएर उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याउने बित्तिकै  आइतबार बिहान मृत्यु भएको निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिए। 
 

अन्य समाचारहरु