अर्घाखाँचीडट्कम संवाददाता
पंजाब / काठमाडौं । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीको कल्लेरी घर भई हाल भारतको पंजाबमा रहेकी मिर्गौला पीडित एक किशोरीलाई उपचारको लागि आर्थिक समस्या परेको छ ।
धारापानीको कल्लेरी घर भई हाल भारतको पंजाबमा रहेका कृष्ण बहादुर सुनारकी १६ वर्षिया दुवै मिर्गौला पीडित छोरी संगीता सुनारलाई उपचारको लागि आर्थिक समस्या परेको हो ।
दुवै मिर्गौला पीडित संगीताको आठ महिनादेखि पंजाबमा रहेको मिर्गौला अस्पतालमा उपचार हुँदै आएको छ ।
सानोतिनो जागिर गर्दै आएका बाबु कृष्णले आफुले कमाएको सबै पैसा र भएको जग्गा जमिन बेचेर अहिलेसम्म उपचार गरेको तर अब आर्थिक अभाव हुँदा थप उपचार गर्न नसक्ने भन्दै छोरीलाई घरमा ल्याएर राखेको बताए ।
कृष्णले आफ्नो एउटा मिर्गौला छोरीलाई दिन तयार भएको तर पैसाको अभावले मिर्गौला प्रत्यारोपणका लागि रोकिएको बताए । आफुसँग खान, बस्न समेत पैसाको अभाव छ । कहाँबाट मिर्गौला प्रत्यारोपण गराउने, उनले दु:ख पोखे ।
पंजाबको मिर्गौला अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि १० लाख रुपैया बढी लाग्ने बताएको छ ।
कसैले किशोरी संगीता सुनारको ज्यान बचाउनको लागि आर्थिक सहयोग गर्न चाहेमा उनका बुवा कृष्ण बहादुर सुनार फोन नं +918872564514 र बैंक खाता नम्बर A/c no.06131000046817 मा पैसा जम्मा गर्न सकिनेछ ।