अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा आईताबार ५ जनाले कोरोना जितेर घर फर्केका छन् । योसँगै अर्घाखाँचीका विभिन्न आईसोलेशनबाट आईतबारसम्म ३३२ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना जितेर घर फर्केनेको संख्या ३३२ जना पुगेको छ । भने ३२ जना उपचाररत छन् ।
जसमा सन्धिखर्क नगरपालिकामा ४४ जना, शितगंगा नगरपालिकामा ६५, भूमिकास्थान नगरपालिकामा ११३, मालारानीमा ६७, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा आईताबार ११ जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ । जसमा ४ जना समुदायका ७ जना क्वारेन्टिनका महिला ४ पुरुष ७ रहेका छन् । योसँगै अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ३६७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६८, जना, शितगंगा नगरपालिकामा ७०, भूमिकास्थान नगरपालिकामा ११७, मालारानीमा ७०, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३६७ जना संक्रमित रहेका छन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ३ जनाको निधन भएको छ ।
यस्तै अर्घाखाँचीमा आईताबारसम्म ८८ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले ८८ जनामा झरेको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा ३ जना डिस्चार्ज भएका छन् ।
साथै आईताबार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा १२ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४९ स्थानमा ९२३ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
आईताबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ३२ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।