अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका प्रमुख लगायत संचारकर्मीहरुले शनिबार मकै पोलेर खाएको बिषयलाई लिएर सामाजिक संजालमा भएको टिका – टिप्पणीको नगरप्रमुखको सचिबालयले खन्डन गरेको छ ।
नगरप्रमुख कमल प्रसाद भुसालले आफ्नो घर सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ कुरमा शनिबार आएका केही संचारकर्मीहरुसँग बसेर मकै पोलेर खाएको बिषयलाई लिएर सामाजिक संजालमा टिका – टिप्पणी भएपछि नगरप्रमुखको सचिबालयले उक्त विषयको खन्डन गरेको हो ।
नगरप्रमुखको सचिबालयले गरेको खन्डनमा भनिएको छ कि; सामाजिक सन्जालमा नगरप्रमुखले लकडाउन उल्घन गरेको भनी केही साथीहरुले टिका टिप्पणी गरेको देखियो, बास्तबिक कुरा सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ कुर स्थित मेरो घरमा कागती खेती गरेको बारीमा म घरमा गरेएको बेला केही मेरा साथीहरु शनिबारको दिन मेरो घरमा आएको र आएका पाहुना साथीहरुलाई आगो बाली मकै पोली खाएको र घरमा पुगेका साथीहरुसँग एउटा राजनीतिक नेताको हिसाबले सामुहिक तस्बिर लिएको तर त्यसै कुरालाई सामाजिक सन्जालमा अतिरन्जित गरिएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । ब्यक्तिगत जिबनमा बिदाको दिन बस्न पाउनु साथीहरुसँग घरमा पुगेकासँग भेट गर्नु भलाकुसारी गर्नु ब्यक्तिगत जिबनको नैसर्गिक अधिकार हो । हामी यस्ता कुराहरु प्रति निकै सचेत र गम्भीर छौ ।
साथै नगरप्रमुख भुसालले सामाजिक दुरी कायम गर्दै भेटघाट भएको बताएका छन् ।
उता लकडाउनका बेला नगरप्रमुख जस्तो मान्छे किन जमघट भएको भन्दै आज बिहानैदेखि सामाजिक सन्जालमा चर्चा भएको थियो । साथै नगरप्रमुख कमल प्रसाद भुसाल चैत्र महिनादेखिको लकडाउनको अवधिमा पनि जोखिम उठाएर नियमित नगरका काममा फिल्डमा खटिएका देखिन्छन् । स्वच्छ छविका इमान्दार भुसाल अहिलेसम्म कुनै विवादमा नपरेका व्यक्ति हुन् । सबै राजनीतिक दललाई समान व्यहार गर्दै आएका छन् ।